एजेन्सी- नर्थ क्यारोलिनाकी एक छोरीले आफ्नो बुबालाई मिर्गौला दान गर्ने भएकी छिन्। छोरी जसले उनलाई २७ वर्ष अगाडी धर्मपुत्री बनाएका थिए। उनले ती बालिकालाई संरक्षण गृहबाट ल्याएका थिए।
डिलरेन म्याकनाइट तब छक्क परिन् जब पिता बिली हाउजको मिर्गौला उनी सँग मेल खायो, जबकी उनीहरुको रगतको सम्बन्ध छैन। त्यसपछि उनले लगत्तै आफ्नो मिर्गौला दिने निर्णय गरेकी हुन्।
हाउजको मिर्गौला २०१६ मा फेल भएको थियो। चिकित्सकहरुले उनलाई प्रत्यारोपण बिना ५ वर्षभन्दा बढी नबाँच्ने बताएका थिए।
६४ वर्षिय पास्टरका परिवारको कुनै पनि सदस्यसँग मिर्गौला मेल खाएको थिएन। तर डिलरेन म्याकनाइटसँग भने मेल खायो।
गुड मर्निङ अमेरिकासँग शुक्रबार बोल्दै ५ सन्तानका पिता हाउजले भने 'म आफ्नो छोरीप्रति असाध्यै गर्व महसुस गरेको छु।'
ब्यापटिस्ट पास्टर हाउजनको २०१६ मा मिर्गौला फेल भयो त्यसपछि उनको पित्तथैलीको शल्यक्रिया पनि गर्नु पर्यो। चिकित्सकले उनको परिवारको सदस्यसँग मिर्गौला मेल नखाएपछि मिर्गौला पाउन अझै ७ वर्ष कुर्नुपर्ने बताएका थिए।
त्यसपछि फेब्रुअरीमा म्याकनाइटमा परिक्षण गरियो जसलाई हाउज र उनकी श्रीमतीले सन् १९९२ मा धर्मपुत्री बनाएका थिए। उनको मिर्गौला उनीसँग मेल खायो। जब म्याकनाइटले ती खबर आफ्ना पितालाई सुनाइन् उनले खुसीका आँसु खसाले।
गुड मोर्निङ अमेरिकालाई म्याकनाइट भन्छिन् 'म उहाँलाई सुपरम्यान भन्छु । यो संसारमा मैले उहाँलाई दिन सक्ने सबथोक दिन्छु जसले गर्दा उहाँ आफ्नो जीवन खुसीसाथ बाच्न सक्नुहुन्छ र मेरा साथ रहनुहुन्छ।'
केही हप्तामा नै हाउज र म्याकनाइटको शल्यक्रिया हुँदैछ।
हाउज खुसी साट्दै आफ्नो फेसबुक पेजमा यसरी लेख्छन् 'सन् १९९२ मा भगवनाले हामीलाई परी पठाए। हामीले उनलाई संरक्षण घरबाट लिएर आयौँ। सायद भगवानको लीला अपरम्पार रैछ। २७ वर्ष पछि उनले राज खोले। हामीले उनलाई बचायौँ ताकि उनले मलाई मिर्गौला रोगबाट बचाउन सकुन्। उनी मलाई छिट्टै मिर्गौला दान गर्दैछन् ताकि म अझै धेरै वर्ष बाँच्न सकुँ । म यी सुन्दर नारीलाई माया गर्छु जसले मलाई यति त्याग गर्न इच्छुक छिन्। हाम्रो यात्राको लागि प्राथना गर्नुस्।'