बिबिसी- जापानमा जन्मिँदा २ सय ६८ ग्राम मात्र रहेका एक बालकलाई ५ महिना लामो उपचारपछि सकुशल घर पठाइएको छ।
उनी संसासरकै सानो शिशु मानिएका छन्। जसलाई अहिले अस्पतालबाट सकुशल घर पठाइएको छ।
उनी यति साना थिए की उनलाई मज्जाले अञ्जुलीमा अटाउन सक्थे। उनी अगष्टमा शल्यक्रियाबाट जन्मिएका हुन्।
उनलाई आइसियुमा राखेर रेखदेख गरिएको थियो। ती शिशुलाई २ महिनापछि त्यसबाट निकालिएको हो। त्यति बेलासम्म उनी ३.२ केजीका भइसकेका थिए। अहिले उनलाई सामान्य तरिकाले खुवाइँदैछ।
२४ हप्तामा जन्मिएका ती बालकले ५ महिना अस्पतालमा बिताए। टोकियोको कोयो युनिभर्सिटी अस्पतालमा जन्मिएका उनकी अमा भन्छिन् ‘म यति मात्र भन्छु की म एकदम खुसी छु, मलाई विश्वास ऊ बाँच्छ होला भन्ने विश्वास नै थिएन।’
असाधारण शिशुलाई उपचार गरेका डा ताकेशी अरिमित्सुले बिबिसलाई भने अहिलेसम्म युनिर्भसिटी अफ ओवाले गर्ने संसारकै सानो शिशुको रेकर्ड मध्ये उनी संसारकै सानो शिशु हुन् जो अस्पतालबाट स्वस्थ्य रुपमा डिस्चार्ज भएका छन्। उनी भन्छन् म देखाउन चाहन्थे कि एकदम सानो बच्चा पनि पूर्णरुपमा स्वस्थ्य भइ घर फर्किन सक्छन्।
यसअघि जर्मनीका बालक शिशु २ सय ७४ ग्रामको मात्र थिए । त्यसैगरी २०१५ को डाटामा जर्मनीमा नै २५२ ग्रामकी बालिका जन्मिएकी थिइन्। कोयो युनिर्भसिटी अस्पतालका अनुसार जापानमा जो बच्चा केजी भन्दा कमका जन्मिन्छन् उनीहरु बाच्ने सम्भावना ९० प्रतिशत छ भने ३०० ग्राम भन्दा मुनिका बच्चा बाँच्ने सम्भावना ५० प्रतिशत रहेको छ।
साना बच्चाहरुमा, यसरी बाँच्ने शिशुहरुमा बालक भन्दा धेरै बालिकाहरु रहेका छन्। मेडिकल विज्ञका अनुसार पुरुषमा कलेजोको विकास कम हुनुसँग यसको सम्बन्ध हुन सक्छ।