नयाँ दिल्ली- भारतमा सन् २०१९ को यो डेढ महिनामै १२ हजारभन्दा बढी स्वाइन फ्लूका बिरामी भेटिएका छन्।
बिरामी भएकामध्ये ३ सय ७७ जनाको मृत्यु स्वाइन फ्लूकै कारण भएको आशङ्का गरिएको अधिकारीहरूले मङ्गलबार बताएका छन्।
राजधानी नयाँ दिल्लीमा मात्रै लगातार फैलिँदै गएको स्वाइन फ्लूका कारण २ हजार २ सय ७८ जना प्रभावित भएका छन्। तीमध्ये झन्डै ७ सय जना त पछिल्लो दश दिनमा प्रभावित भएका हुन्।
सरकारी अधिकारीहरूलाई उद्धृत गर्दै 'टाइम्स अफ इण्डिया'ले लेखेको समाचारअनुसार सबै प्रदेशमा यस्ता बिरामीको उपचारका लागि औषधि लगायतका स्वास्थ्य सामग्रीहरू पर्याप्त मात्रामा रहेका छन्। रासस/सिन्ह्वा