काठमाडौं– सरकारले नेपालमा पुरुषले पनि नर्सिङ विषय अध्ययन गर्न पाउने बाटो खुला गरेपछि प्राविधिक शिक्षा तथा व्यायसायीक तालिम परिषद् (सिटिइभिटी) अन्तर्गत ६० जना पुरुष पिसिएल नर्सिङ पढीरहेका छन्।
नेपाल नर्सिङ काउन्सिलले चालु शैक्षिक सत्र २०७५÷७६देखि लागू हुने गरी १५ प्रतिशत पुरुषलाई नर्सिङ अध्ययनमा समावेश गराउने निर्णय गरेको थियो। सोही अनुसार सिटिइभिटी अन्तर्गतका कलेजहरुमा ६० जना पुरुष नर्सिङ पढिरहेका छन्।
सिटिइभिटी अन्तर्गतका ३० भन्दा बढी कलेजमा ६० जना विद्यार्थी अध्ययन गरिरहेका हुन्। सिटिइभिटीले विद्यार्थीहरुको रजिष्ट्रेसन गर्ने क्रममा ६० जना पुरुष नर्सिङ पढीरहेको पाइएको हो। तीमध्ये हामीले ३० कलेजमा अध्ययन गरिरहेका ४८ विद्यार्थीको सूची प्राप्त गरेका छौं। सिटिइभिटीले अन्तिम सूची तयार गर्ने क्रममा रहेको छ।
नर्सिङ अध्ययनका लागि सिटिइभिटी अन्तर्गतका कलेजमा २ सय ४३ जना पुरुषले आवेदन दिएका थिए। आवेदन दिनेमा महिला र पुरुष गरी कुल १३ हजार ४ सय ७६ थियो। आवेदन दिएकामध्ये ६० जना मात्र अध्ययनका लागि कलेज भर्ना भएको सिटिइभिटीले जनाएको छ।
सिटिइभिटी अन्तर्गत एक सय २५ भन्दा बढी नर्सिङ कलेजबाट वार्षिक ७ हजार ७ सय ४० जना नयाँ नर्सिङ जनशक्ति उत्पादन हुँदै आइरहेका छन्।
नर्सिङ काउन्सिलले छुट्याएको १५ प्रतिशत कोटामा पुरुष भर्ना हुने हो भने वार्षिक ११ सय ५५ जना पुरुषले अध्ययनको अवसर पाउने छन्।
हालसम्म प्राप्त सूची अनुसार कलेज अनुसार पुरुष अध्ययनरत
काठमाडौँ
शंकरापुर एकाडेमी –३ जना
नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठान २ जना
होली भिजन टेक्निकल क्याम्पस, काठमाडौँ १ जना
ललितपूर
ग्रीनतारा नर्सिङ क्याम्पस १ जना
नेपाल इन्स्टिच्युट अफ मेडिकल साइन्स एन्ड टेक्नोलोजी ,ग्वार्को १ जना
भक्तपूर
इवामुरा कलेज अफ हेल्थ साइन्स, सल्लाघारी १ जना
शारदा इन्स्टिच्युट अफ हेल्थ साइन्स २ जना
बाँके
नेपालगञ्ज नर्सिङ क्याम्पस, कोहलपूर २ जना
चितवन
आशा अस्पताल १ जना
बालकुमारी नर्सिङ कलेज २ जना
भरतपूर अस्पताल १जना
मोरङ
मदन भण्डारी मेमोरियल एकाडेमी, उर्लाबारी १ जना
न्युरो हेल्थ कलेज , विराटनगर १ जना
नोबल मेडिकल कलेज १ जना
धनुषा
केयर मेडिकल सेन्टर जनकपुरु १ जना
जनकपूर नर्सिङ क्याम्पस ४ जना
मिथिला टेक्निकल एकाडेमी १ जना
नेपाल कलेज अफ नर्सिङ एन्ड हेल्थ साइन्स १ जना
नेपाल टेक्निकल इन्स्टिच्युट प्रालि २ जना
दाङ
राप्ति लाइफ केयर अस्पताल (नर्सिङ कलेज) २ जना
कञ्चनपुर
सेती महाकाली नर्सिङ क्याम्पस २ जना
कास्की
फेवासिटी इन्स्टिच्युट अफ मेडिकल साइन्स पोखरा १ जना
फिसटेल नर्सिङ क्याम्पस १ जना
पद्मा नर्सिङहोम स्कुल अफ नर्सिङ पोखरा १ जना
पोखरा टेक्निकल हेल्थ ट्रिपर्पोज इन्स्टिच्युट पोखरा १ जना
काभ्रेपलाञ्चोक
फुलचोकी नर्सिङ क्याम्पस १ जना
मकवानपुर
नारायणी मेडिकल एन्ड टेक्नोलोजी हेटौँडा १ जना
पाल्पा
तानसेन स्कुल अफ हेल्थ साइन्स , तानसेन ५ जना
रौटहट
गौर नर्सिङ कलेज ३ जना
सिन्धुपाल्चोक
सिन्धु सदाबहार अस्पताल नर्सिङ कलेज १ जना