परिवारकै साथमा दसैं मनाउने गरेको छु। यो बेलामा सामान्यतया अलि फुर्सद हुन्छ। मेडिकल पढ्न दश वर्ष बाहिर बिताए पनि नेपाल फर्किएपछि ड्युटीकै कारण टीका छुटाउनुपरेको छैन।
यो समय घरपरिवार र छोराछोरीसँगै समय बिताउँछु। अरु समयमा बाहिरबाहिर भएकाले त्यति समय दिन भ्याएको हुँदैन।
म तास खेल्दिन। मलाइ तास खेलेर एकै ठाउँमा बस्न मन लाग्दैन। बिदामा मन्दिर घुम्ने, धेरै व्यायाम गर्ने गर्छु।
मलाइ पुस्तक पढ्न मन पर्छ। अरु समयमा व्यस्तताको कारण पढ्न नपाएका पूस्तकहरु पढ्छु।
यो पटक पनि के के पढ्ने भन्ने योजना बनाएको छु। यो पटकको मदन पुरस्कार जितेको पुस्तक पढ्ने मन छ। पहिले फिक्सन पुस्तक धेरै पढ्थें। अहिले ननफिक्सन पुस्तक पढ्ने गर्छु। अहिले धेरै राम्रा पुस्तकहरु लेखिएका छन्।
व्यक्तित्व विकाससम्बन्धी लेखिएका पुस्तक, जीवनीका साथै चर्चित लेखकले लेखेका पुस्तक पढ्न मन लाग्छ। म आफैंलाई पनि लेखनमा रुची छ। पहिले कथा, निबन्ध, लेखहरु लेख्थें। अहिले धेरै भयो लेखेको छैन।
यो पटक निलम कार्की ‘निहारिका’ ले लेखेको योगमाया पढ्ने इच्छा छ। यो पुस्तक स्थलगत अध्ययन गरी लेखिएको हुनाले पनि पुस्तक पढ्ने इच्छा छ।
एमबिबिएस पढ्न चीन गएर म एकैपटक एमडी सकेर नेपाल फर्किएको हुँ। चीनमा करिब १० वर्ष बस्दा दसैंको समय उतै बित्यो।
सुरुमा नराम्रो लाग्थ्या । पछि त बानी पर्दै गयो। हामी भ्याकेसनमा मात्र नेपाल आउथ्यौँ। त्यो समय दसैंमा पर्दैनथ्यो। त्यो समयमा प्लेन फेयर पनि महङ्गो थियो।
चीनको समाजमा भिजेर बस्न थालेपछि खासै नराम्रो लागेन। चाइचीन साथीहरु राम्रा थिए। अरु विदेशी साथीहरु पनि थिए। त्यसैले होमसिक नै त भएन।
शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा आएपछि सुुरुवाती अवस्था ड्युटी गर्नुपथ्र्यो। चारपाँच वर्ष दसैंको समयमा पनि ड्युटी गरेँ। पछि हाम्रो टीम ठूलो भएपछि सजिलो भयो। टीकाका लागि समय मिलाएर लगाइन्थ्यो। अहिले ड्यूटी आउनु पर्दैन तर कहिलेकाहिँ राउण्डमा आउनु पर्छ।
(मुटुरोग विशेषज्ञ डा दीवाकर शर्मासँग कल्पना पौडेलले गरेको कुराकानीमा आधारित)