स्टार अस्पतालमा चार वर्षदेखि कार्यरत छु। मेरो स्थायी घर मोरङ हो। ७२ सालदेखि स्टार अस्पतालमा कार्यरत छुँ। १५ वर्ष भयो मैले निर्सिङ क्षेत्रमा काम गरेको।
4 पेसा भनेको त आफू दुःख लिएर सहेर भए पनि हाँसेर सेवा दिने पेसा हो। हाम्रो मज्जाले समय बिताउने भेनर छुट्टी नै हुँदैन। हामीले कहिल्यै पनि राम्ररी छुट्टी पाइरहेका हुँदैनौँ।
सानोमा मलाई मामा घर जान एकदमै रहर लाग्थ्यो। मामाघर जानपरेपछि म एकदमै उत्साहित हुन्थे र एकदिन अगाडीदेखि खान मन लाग्दैनथ्यो।
हामी जहिले पनि सतर्क बस्नु पर्ने हुन्छ। जुन चाडपर्वको मजा लिन पर्ने हो त्यो हामीले पाउँदैनाँै 4 पेसामा लागेको मान्छे मज्जाले खट्नुपर्छ जस्तो लाग्छ तर तर एकमनले अरुले हर्षोल्लास तरिकाले मनाएको देख्दा अलि मन दुख्छ।
मैले दसैंनै मनाउन नपाएको भन्ने त छैन अहिलेसम्म। म दसैंमनाउन भ्याली बाहिर जानु पर्ने भएकाले टिकाको भोलिपल्ट त आइहाल्नुपर्छ र त्यसकारणले एकदम हतारमा आइन्छ।
धरानमा बिपिकेएचएसमा काम गर्दा खेरि चाहिँ दशैँमा लिनेले तिहारमा लिन पाउँदैनथ्यो र मैले दशैँमा लिएको थिएँ तिहारमा पाइँन। त्यस बेला मैले दिउँसो ड्य्टी गएर राति भाइटिका गरेको थिएँ।
एकचोटी २४ घण्टाको ड्युटी गरेर साँझ दसैंको टिका थापेको थिएँ।
4 पेसा नै यस्तै हो। यहाँ कार्यरत नर्सहरुले छुट्टी मागिराखेका हुन्छन् तर दिन पाइँदैन। मिलाइदिने जस्तो त लाग्छ तर मिल्दैन।
टिका लाउन नपाइ पनि ड्युटी गर्नुपर्छ। केही प्रकोप आइपरिहाल्यो भने जति बेला पनि सतर्क हुने पर्छ। नेपालको पुलिसको जागिर जस्तै भनौंन। सबै छोडेर जान पाइँदैन यो पेसामा।
-(बुनु थारुसँगको कुराकानीमा आधारित)