काठमाडौं– क्यान्सरसँग लड्ने सक्ने शरीरको प्रतिरक्षा प्रणालीको आविष्कार गरेका दुई जना वैज्ञानिकहरुले यस वर्षको फिजियोलोजी–मेडिशिनको पुरस्कार हात पारेका छन्।
अमेरिकाका जेम्स पि एलिसन र जापानका टाशुकु होन्जोले घातक छाला क्यान्सरको उपचारमा नयाँ आयाम ल्याएका हुन् । उनीहरुले एउटा परिस्कृत उपचार ल्याएका हुन्।
पुरस्कार दिने स्वेडिश एकाडेमीका अनुसार क्यान्सर उपचारमा ‘इम्युन चेकप्वाइन्ट थेरापी’ले क्रान्ति ल्याएको छ ।
विज्ञ भन्छन् यो एकदमै प्रभावकारी सावित भएको छ।
एलिशन युनिभर्सिटी अफ टेक्सासका प्रोफेसर हुन् भने होन्जो क्योटो युनिभर्सिटीका प्रोफेसर हुन् । दुवैले ९ मिलियन स्वेडिश क्रोनोर बाँड्नेछन् । त्यो १.०१ मिलियन डलर हो भने ८,७०,००० युरो हो।
पुरस्कारलाई स्वीकार्दै टाशुकु होन्जो भन्छन् ‘म मेरो अध्ययनलाई जारी राख्न चाहन्छु ताकी प्रतिरक्षा थेरापीले बढी भन्दा बढी क्यान्सर रोगीलाई बचाउनेछ।’
इम्युन चेकप्वाइन्ट थेरापीलाई एनएचएस ले छालाको सबैभन्दा जटिल क्यान्सर मेलानोमा प्रयोग गरिरहेको छ । यो प्रणालीले नयाँ औषधिहरुको विकासमा उपचार गर्न नसकिने क्यान्सरमा सहयोग पुग्नेछ।