भारत– भारतकी चर्चित कमेडियान भारती सिंह र उनका श्रीमान् हर्ष लिंबाचियालाई डेंगू भएको छ । डाक्टरको सल्लाह पछि उनीहरु दुवैजना अस्पताल भर्ना भएका छन् ।
खबरका अनुसार भारती र हर्षको स्वास्थ्य स्थति केही दिनदेखि राम्रो थिएन, मेडिकल चेकअप गराएपछि डेंगुको लक्षण देखियो ।
दुवैजना मुम्बइको कोकिलाबेन अस्पतालमा भर्ना भएका छन् । उनीहरु दुवैजना अहिले डाक्टरको निगरानीमा छन् ।