हे...हे माथी हेर्दा काली लेक तल हेर्दा निरहे।
तिजको बेला डाक्टरसा'बको सुन्नु बिरहे ।।
हे...हे घुँडा धस्दै पढ्दा पढ्दै एमडी/डिएम सक्दा चालिस।
अझै बिहे गर्न भ्याउन्नन् घरबार खाली छ।।
हे...हे ठूला–ठूला महत्वकांक्षा राख्छन् घरमा परिवार।
तीस हजारको जागिरले के–के को पुग्ला रहर ।।
हे...हे डाक्टरसा'बकै बाबुआमा दिक्कै पर्छन् हेरेर।
भन्छन् कति सास्ती रैछ धेरै पढेर।।
हे...हे न त खानि ठेगान छ, न त सुत्नी रातमा।
आफ्नै बच्चा बिमार पर्दा हुन्नन् साथमा।।
हे...हे मानव स्वास्थ्यसँग सिधा भएर हो सरोकार।
तनमन ज्ञान अर्पेर गर्छन् उपचार।।
हे...हे यति गर्दा गर्दै पनि कहिलेकाहिं हारिन्छ।
लापरबाही नै भाको भन्दै आरोप पारिन्छ।।
हे...हे कोही कोही त डाक्टर पनि हुन सक्छन् हरामी।
सम्बन्धितकै निकायले उच्च छानबिन गर्नु पर्यो नि।।
हे...हे डाक्टर पनि समाजकै हुन् मानिसकै जुनी हो।
बिरामी र समाजले आफूजस्तै सोचे हुनी हो।।
हे...हे सरकार समाज डाक्टर मिलाउँ सबको मर्का बुझेर।
कसलाई फाइदा छ कम्मलमा सातु मुछेर।।