कंगो– इबोलाका कारण कंगोमा ३३ जनाको मृत्यु भएको छ। 11 संगठनले जनाएअनुसार ४३ जनामा इबोला भाइरस रहेको आशंका छ भने १३ जनामा ल्याब टेस्ट गर्दा इबोला भएको पुष्टि भएको छ।
इबोलाको महामारी उत्तर किभु प्रान्तमा ५ ठाउँमा फैलिरहेको छ भने इटयुरी प्रान्तको एउटा क्षेत्रमा यसको जोखिम रहेको छ जुन भौगालिक दृष्टिले विकट रहेका छ। उत्तर किभुको सिमानामा रवान्डा र उगान्डा पर्छन् जहाँ इन्धन व्यापारका लागि आवात जावत बाक्लो रहन्छ। किभु प्रान्तमा १० लाख विस्थापित छन् जहाँ मानिसहरू सरकार र सशस्त्र आतंकवादी समूहका चेपुवामा छन् । यहाँ भाइरसको उच्च जोखिम रहेको छ।
11 संगठनका आपतकालिन विभागका उच्च अधिकारीले यस महामारी नियन्त्रणका लागि प्रयास गरिरहेका बताए।
यस युद्धग्रस्त क्षेत्रमा यसै पनि मृत्युदर छ त्यसमाथि यो भाइरस फैलिने उच्च जोखिम छ। स्वास्थ्य अधिकारीहरुका अनुसार महामारी फैलिएको भनेर बुधबार नै जानकारी गराइएको थियो भने एक हप्तापछि नै कंगो सरकारले इक्वेटर प्रान्तमा इबोलाको महामारी फैलिएको घोषणा गर्यो।
11 संगठनका अनुसार त्यस क्षेत्रमा अझै पनि सम्भावित ३३ वटा ठाउँ छन् जहाँ यसको महामारी फैलिने प्रबल सम्भावना रहेको छ। ३ जना स्वथ्यकर्मीहरु समेत यसबाट संक्रमित भएकोमा २ जनाको मृत्यु भएको छ।
आफ्नो विज्ञप्तीमा 11 संठनले स्वास्थ्य मन्त्रालय, संगठन र अरु संस्थासित मिलेर यस महामारी अन्त्य गर्न लागिपरेको जनाएको छ।