एजेन्सी– अमेरिकामा बालबालिका हुर्काउन सबैभन्दा उत्कृष्ट ठाउँ न्युु ह्याम्पसायर भएको एक अध्ययनले देखाएको छ । उत्तरपुर्वी यो राज्य स्वास्थ्य, शिक्षा, सामुदायिक अवस्था र आर्थिक हिसाबले उत्कृष्ट रहेको देखिएको हो ।
तर न्यु मेक्सिको भने यो सुचीमासबैभन्दा पुछारमा छ । बालबालिका हुुर्काउन सबैभन्दा खराब रुपमा दर्ज यो राज्यमा शिशुु मृत्युुदर बढी छ भने रक्सी सेवन, लागुपदार्थ प्रयोग र गरिबी उच्चस्थानमा छ ।
गैरनाफामुखी संस्था एन्नी इ केसी फाउन्डेशनले अमेरिकी राज्यहरुमा स्वास्थ्य, शिक्षा, परिवार तथा समुदाय तथा आर्थिक अवस्थाजस्ता प्रमुख चार आधारमा अध्ययन गरेको थियो । उक्त अध्ययनको रिपोर्ट यसैसाता सार्वजनिक गरिएको हो ।
‘हाम्रो अध्ययन बच्चाहरुको अहिलेको अवस्थामात्रैका लागि होइन, यो वयस्क बेलाको सफलतासँग पनि गाँसिएको छ,’ फाउन्डेशनकी सहनिर्देशक लाउरा स्पीरले भनिन् ।
रिपोर्टका अनुसार न्युु ह्याम्पशायकरको अवस्था समग्रमा उत्कृष्ट रहे पनि सबै हिसाबले उत्कृष्ट भने होइन । यसबाहेक दोस्रो नम्बरमा मासाचुुसेट्स छ भने त्यसपछि न्युजर्सी, मिनेसोटा र आयोबा पर्छ । खराबमा भने न्युु मेक्सिकोपछि लुसियाना, मिसिसिपी, मिनेसोटा, नेभाडा र अलास्कापर्छ ।
आर्थिक हिसाबले नर्थ डकोटा सबैभन्दा शीर्षस्थानमा पर्छ । त्यहाँ तलबको दर उच्च छ भने गरिबीको दर कम छ । दोस्रो स्थानमा नेब्रास्का र त्यसपछि क्रमशः न्युह्याम्पशायर, लुसियाना, मिसिसीपी र न्युुुमेक्सिको पर्छ । शिक्षाका हिसाबले भने न्युजर्सी उत्कृष्ट छ ।
स्वास्थ्यका हिसाबले भने मासाचुुसेट्सले सबैलाई उछिनेको छ । यो राज्यमा स्वास्थ्य संस्थाको उत्कृष्ट गुणस्तर र बीमाको व्यापक प्रयोग छ । यसपछि न्युु ह्याम्पसायर, न्युजर्सी न्युुयोर्क, अलास्का, योमिङ र न्युु मेक्सिको क्रमैसँग छन् ।