६७ वर्षीय भारतीय प्रधानमन्त्री मोदी आफ्नो स्वास्थ्यप्रति निकै सजग छन्। उनी आफूलाई फिट राख्न योग गर्ने गर्छन्। उनले हालै आफूले व्यायाम गरिरहेको भिडियो समाजिक सञ्जाल मार्फत सेयर गरेका छन्।
१.४८ मिनेटको भिडियोमा गार्डेनमा खाली खुट्टै विहानीपख व्यायाम गरेको देख्न सकिन्छ।
उनलाई भिडियोमा विभिन्न व्यायाम गरेको देख्न सकिन्छ। उनले टिव्टरमा लेखेका छन् 'मैले योग बाहेक गर्ने व्यायाम प्रकृतिका पाँच तत्व जस्तै पृथ्वी, वायु, अग्नी, आकाश, जल आदिबाट प्रेरित छन्।'
प्रम मोदी भिआइपी सेलिब्रेटी हुन् जसले फिटनेश च्यालेन्ज स्वीकार्दै भिडियो अपलोड गरेका छन्। मोदीलाई भारतीय क्रिकेटर विरात कोहलीले मे मा फिटनेश च्यालेन्जको लागि आग्रह गरेका थिए।
यो च्यालेन्ज 'हम फिट तो इन्डिया फिट' अभियानको एउटा हिस्सा हो जसलाई ओलम्पिक सिल्भर मेडलिस्ट र हालै युवा तथा खेलकुद मन्त्री राज्यवरधन सिंह राठोरले सुरुवात गरेका थिए।
भारतीय फिल्मी सेलिब्रेटी दीपिका पादुकोणले पनि यो च्यालेन्जलाई स्वीकार्दै भिडियो राखिसकेकी छिन्।
मोदीले फिटनेश च्यालेन्जका लागि कर्नाटाकाका मुख्यमन्त्री एच डि कुमारस्वामी, भारतीय टेबल टेनिस खेलाडी मोनिका बाट्रा र सम्पूर्ण भारतीय पूलिस सेवालाई च्यालेन्ज गरेका थिए।
तर सबै जना मोदीको भिडियोप्रति खुसी छैनन्।
मुख्यमन्त्री कुमारस्वामीले मोदीलाई च्यालेन्जका लागि मोदीलाई धन्यवाद ज्ञापन गरेपनि उनले आफ्नो फिटनेस भन्दा पनि कर्नाटाको ‘डेभलपमेन्ट फिटनेस’को चिन्ता व्यक्त गरेका छन् ।
कांग्रेस नेता प्रमोद तिवारीले सञ्चारमाध्यलाई भनेका छन् ‘भारतीय सीमामा धेरै जवानहरु मारिरहेका छन् तर प्रम मोदी भने आफूलाई नै फिटनेश सर्टिफिकेट दिनमा व्यस्त छन्। उनले भनेका छन् ‘मोदीले उनीहरुलाई त्यसरी बेइज्जत गर्नुभन्दा बरु श्रद्धाञ्जली दिएको भए हुनेथ्यो।’
धेरैले मोदीको भिडियोमा कमेन्ट गर्दे उनलाई ‘रकस्टार’ भनेका छन्। भिडियोले यति चर्चा कमाइसक्यो कि विभिन्न मेमे र ट्रोलमा यस प्रम मोदीलाई विश्वका शक्तिशाली व्यक्तित्वका अगाडी व्यायाम गरेको देखाइ उडाइदैछ।