एजेन्सी – बेइजिङका सडकमा आजकाल नयाँ जिम सेन्टरका 23सहितका पर्चा मानिसका हातमा थम्याउनेहरु जतासुकै देख्न सकिन्छ। जिम सेन्टरमा जिम गरेको एक वर्षको १ हजारदेखि १९ हजार आरएमबी (स्थानीय मुद्रा) छ। सेल्सपर्सनहरु जिम सेन्टरको सदस्यता लिँदा कस्तो फाइदा हुन्छ भन्नेबारे व्याख्या गर्न तयार रहन्छन्।
त्यसो त शारीरिक अभ्यास चिनिया परम्परागत संस्कृतिको अंग होइन। यद्यपि केही महिलाहरु पार्कमा अभ्यास गरिरहेका भेटिन्छन् भने ताइ ची अभ्यासकर्ताहरु पनि भेटिन्छन्। तर चीनमा त्यो परम्परा परिवर्तन हुँदैंछ। चिनिया सामाजिक सन्जालमा यतिखेर ‘मजिया सियान’ ह्यासट्याग भाइरल भैरहेको छ।
मजिया भनेको के हो ? किन यो अहिले भाइरल भैरहेको छ। पेटको मांसपेशी मजबूत बनाएर भेष्टजस्तै बनाउनुुलाई चिनियाहरु मजिया (भेष्ट) भन्छन्। आजकाल यही मजिया अधिकांश महिलाको अन्तिम उद्देश्यजस्तै भएको छ।
धेरै मानिसलाई सिक्स प्याकमा देखेपछि फेसन डिजाइनर लियाङ युुआनले विशेषखालको एब्स बनाउने उद्देश्य राखिन्। त्यसका लागि बर्थडे गिफ्टका रुपमा जिम सेन्टरको सदस्यता लिइन्। उनी दैनिक दुुईपटक जीम जान थालेपछि परिवारका सदस्य र साथीभाईले ‘फिटनेश राक्षस’ को संज्ञा दिए।
‘म आफैंलाई परिवर्तन गर्न चाहन्थें,’ उनले भनिन्।
जिम सेन्टरमा जान थालेपछि उनले नियमित जागिरवाहेक अधिकांश सामाजिक जमघट त्यागिन्। सेन्टरको दुुईघण्टाको अवधिमा उनी पसिनैपसिना हुन्छिन्। बक्सिङ, एरियल योगा तथा नृत्य उनका काम हुन्छन्।
चीनको लोकप्रिय सामाजिक सन्जाल विच्याटमा उनले माजिया सियानको यात्राका डकुमेन्ट राखेकी छन्। उनले त्यसमा लेखेकी छन्, ‘यो सुरुवात मात्र हो र पछाडि फर्केर हेर्ने तरिका हो।’
उनीजस्तै चीनका हजारौं महिलाहरुको सपना माजिया सियान बन्ने छ। बेइजिङको एक टेक कम्पनीमा कार्यरत २५ वर्षीया लिउ झिचाङ भन्छिन्, ‘हरेक महिला माजिया सियान चाहन्छन् र एब बनाउने यो सपनालाई विच्याटले भाइरसजस्तै फैलाइरहेको छ।’
बेइजिङमा फिट फर लाइफ नामक जिम सेन्टर चलाइरहेकी होउ शियाओका अनुसार अधिकांश महिलाहरु सुरुमा तौल घटाउने उद्देश्यले आउछन्, उनीहरु यस्तो चाहन्छन् कि उनीहरुको शरीर कागजजस्तै होस्।
सन् २०१७ मा त एफोर सोसल मिडिया च्यालेन्ज नै आयोजना भयो। जसअनुसार महिलाहरुले २१ सेन्टिमिटरको एफोर साइजको कागजले आफ्ना कम्मर बेरेका तस्बिर सामाजिक सन्जालमा सार्वजनिक भए। ‘आइह्याभ वेस्ट अफ एफोर साइज’ ह्यासट्यागलाई २ करोड १० लाखले हेरेका थिए।