बिहेपछि हरेक अधिकांश दम्पतीको चाहना ‘चाँडो र स्वस्थ बच्चा जन्मियोस् ।’ तर एक अध्ययनअनुसार भारतमा करिब २७ करोड .५० लाख दम्पतीले सन्तानसुख पाउनबाट असफल भएका छन् । बेंगलोरस्थित मेडिकल टेक्नोलोजी कम्पनी ‘इनीटो’ ले गरेको अनुसन्धानबाट यो तथ्य प्राप्त भएको हो । अध्ययनअनुसार भारतमा १० देखि १५ प्रतिशत मानिसहरु सन्तानहीन छन् ।
गर्भधारण गर्न नसक्नुमा कयौं कारण हुन्छन् । सामान्यतः यो समस्या पुरुषमा आवश्यकताभन्दा कम शुक्राणुको निर्माणसँग जोडिएको हुन्छ । प्रजनन क्षमता मानिसको दिनचर्या र बानीव्यवहारले निर्धारण गर्ने चिकित्सकको भनाइ छ ।
गर्भधारणका लागि उपयुक्त समय महत्वपूर्ण हुन्छ । कुनै महिला मध्यचक्रका दौरान सबैभन्दा बढी प्रजननयोग्य हुन्छन् । यो बेला शुक्राणु २४ घण्टासम्म जीवित हुन्छ । गर्भधारण गर्नका लागि मासिक चक्रको सबैभन्दा राम्रो समय मध्यचक्र हुन्छ । जुन ११ दिनदेखि १९ औं दिनसम्म हुन्छ ।
खराब खाना जिम्मेवार
आजकालको व्यस्त जीवनमा मानिससँग आफ्नैलागि समय हुँदैंन । त्यसैले जंकफुडको सेवन, शारीरिक अभ्यास र योगको अभाव पनि प्रजननमा समस्याको कारण बन्छ । पुरुषमात्र होइन, महिला पनि मदिरा तथा धूमपानका सौखिन भएका छन् । यस्तो बानी पनि प्रजनन क्षमता गुमाउनुको कारण बन्छ ।
यो पनि समस्या
पोलिसिस्टिक ओभेरियन सिण्ड्रोम (पीसीओएस) महिलामा हुने आम समस्या हो । यस्तो समस्या ३० वर्षभन्दा माथिका महिलामा पाइने समस्या हो । तर आजकाल यो कम उमेरकी महिलामा पनि पाइएको छ । यो महिलामा हुने यस्तो समस्या हो, जसमा अण्डाशयमा गाँठा आउछन् । यसलाई मल्टीयसिस्टिक ओभेरियन डिजीज भनिन्छ । यो रोगले प्रजनन क्षमतामा प्रभावित पार्छ ।
अण्डडिम्बा र हार्मोनमा गडबडी यो रोगको मुख्य कारण हो । यो आनुवंशिक पनि हुन सक्छ । पीसीओएसको लक्षणमा सामान्यतः महिलाको ध्यान जाँदैंन । अनुहारमा रौं आउनु, महिनावारीमा अनियमितता, यौन इच्छामा अचानक कमी, गर्भधारणमा मुस्किल हुनु जस्ता यो रोगका लक्षण हुन् । यसका अलावा छालासम्बन्धी रोग पनि देखा पर्छन् ।