जिम्बावे सरकारले तलबवृद्धि माग गर्दै आन्दोलन गरिरहेका १० हजार नर्सलाई सोमबार बर्खास्त गरेको छ। उपराष्ट्रपति कोन्स्टाटिनो चिवेङ्गाका अनुसार समग्रमा वार्षिक एक करोड ७० लाख डलर तलब बढाउँदा पनि आन्दोलनरत नर्सले अस्विकार गरेका थिए।
१० हजार नर्सलाई बर्खास्तीसँगै सरकारले उनीहरुको स्थानमा अवकास पाएका र बेरोजगार नर्सहरुलाई नियुक्ती दिने तयारी गरेको छ।
सरकारको यो निर्णयपछि जिम्बावे नर्सेस एसोसिएसनले विरोध जनाएको छ। एसोसिएसनले सरकारविरुद्ध आन्दोलन जारी राख्ने निर्णय पनि गरेको छ।