एजेन्सी– तीब्र रुपमा परिवर्तन हुँदैं आइरहेको 18का कारण भारतमा करिब ४० प्रतिशत महिलाहरु रक्तअल्पता अर्थात् एनिमियाबाट प्रभावित भएको तथ्य सार्वजनिक भएको छ । पुरुष भने सुगरबाट बढी प्रभावित छन् । महिलाको तुलनामा २० प्रतिशतभन्दा बढी पुरुष असामान्य सुगरबाट पीडित रहेको जनाइएको छ ।
एसआरएल डाइग्नोस्टिकको एक अनुसन्धानअनुसारमा करिब ८० प्रतिशत मानिसमा भिटामिन डीको स्तर कम रहेको पाइएको छ । महिलामा भिटामिन डीको अत्यधिक कमी र पुरुषमा पर्याप्त मात्रामा नभएको पाइएको छ । पुरुषको तुलनामा महिलामा कूल कोलेस्टेरोलको स्तर अधिकमात्रामा पाइएको छ । महिलाको तुलनामा पुरुषमा सर्वाधिक अव्यवस्थित एलडीएल, एचडीएल र ट्राइग्लिसराइडको स्तर थियो । ६१ वर्षभन्दा बढी उमेरका महिला एनिमियाबाट अझ बढी प्रभावित हुने सम्भावना देखिएको थियो भने करिब २० प्रतिशत व्यक्तिमा डाइबेटिक या प्रि–डाइबेटिक पाइएको छ ।
महिलाको तुलनामा पुरुषमा सुगरकोमात्र अधिक देखिएको छ । आरएसएल डाइग्नोस्टिकका सल्लाहकार डा. बीआर दास भन्छन्, ‘यो तथ्यांकले स्वास्थ्य जाँचको महत्व र स्वास्थ्य सेवाको लाभ उठाउनका लागि मानिसहरुबीच बढ्दो जागरुकतालाई उजागर गरेको छ ।’
यो तथ्यांक २०१५–१७ मा भारतमा तीन लाख पुरुष र महिलामा गरिएको अनुसन्धानमा आधारित रहेको बताइएको छ ।
........