वासिङट्न– आफूलाई जन्माउने डाक्टरले गोप्य रुपमा आफ्नो वीर्य प्रयोग गरेको भन्दै एक अमेरिकी महिला कानूनी लडाइँमा उत्रिएकी छिन्।
केली रोलेट्टे नामकी महिलाले डिएनए परीक्षणबाट यसको पुष्टि गर्दै कानूनी लडाइँ थादलेकी हुन् ।
उनको कुरा उद्घृत गर्दै बीबीसीले भनेको छ, ‘केली त्यो बेला अचम्ममा परिन्, जब उनको डिएनए उनका पितासँग मिलेन ।’
त्यसपछि ती ३६ वर्षीया केलीलाई एकपल्ट आफूलाई जन्माउने प्रक्रियामा चिकित्सकीय सेवा दिएका डाक्टरको डिएनएसँग मिलाइ हेर्न मन लाग्यो । उनले अनुमान गरे जस्तै डिएनए त ती डाक्टर गेराल्ड मर्टिमेरसँग पो मिल्यो ।
उनलाई जन्माउनुअघि उनका आमाबुवाले ती गाइनोक्लोजिस्टसँग नियमित चेकजाँच गराएका थिए ।
१९८०को सुरुमा केलीका आमाबुवा सेल्ली अस्वे र अवार्ड फलरले विवाह गरे । तर, उनका पितामा वीर्यको सँख्याको कमी र आमाको पाठेघरमा समस्या भएका कारणले सन्तानका लागि चिकित्सा विज्ञानको सहारा लिनुप¥यो । उनका पिता र एकजना दाताको वीर्य लिएर उनकी आमामा डाक्टरले कृतिम गर्भाधान गराए ।
उक्त जोडीले वीर्य दाताका विषयमा डा मर्टिमेरलाई स्पष्ट भनेको थियो, ‘कुनै विश्वविद्यालय पढिरहेको, कम्तिमा ६ मिट अग्लो, खैरो कपाल र निला आँखा भएको व्यक्ति हुनुपर्नेछ ।’
तर, गर्भाधान विशेषज्ञ डा मर्टिमेरले उनकी आमामा आफ्नै वीर्य गर्भाधानका लागि राखेका रहेछन् । केलीका अभिभावकले डाक्टरलाई आफ्नै वीर्य पनि प्रयोग गर्न सक्ने विषयमा कुनै पनि प्रकारको अनुमति नदिएको बताएका छन्।
त्यसपछि केलीका आमाबुवा वासिङ्टन राज्यतिर सरे । ‘डा मर्टिमेरलेलाई केली आफ्नी जैविक छोरी हो भन्ने थाहा थियो । तर, कहिल्यै अस्वे र फलरलाई यसको जानकारी गराएनन्,’ मुद्दामा भनिएको छ।
केलीका कानूनी सल्लाहकारले उनीविरुद्ध ढाँटेका, चिकित्सकीय लापरबाही गरेको र भावनामाथि खेलबाड गरेको विषयमा मुद्दा दायर गरेका छन्। उनले भनेका छन्, ‘जानी–जानी डा मर्टिमेरले आफ्नो वीर्यको प्रयोग गरेर बदमासी गरेका हुन् ।’
डाक्टरको नाम भने आफ्नो जन्म प्रमाणपत्रमा डा मर्टिमेरको नाम र सिग्नेचर देखेपछि डिएनए मिलाइ हेर्ने बिचार गरेकी हुन्।
केलीले डाक्टरमाथि गरिने विश्वास नतोड्न र सम्बन्धित पक्षलाई सजग गराउन आफूले मुद्दा दायर गरेको बताएकी छिन् । यसका साथै सञ्चारमाध्याममा पनि उनले आफ्नो कथा भनेकी छिन् । भन्छिन्, ‘मेरो कथा दुनियाँका लागि रुचीको विषय हुन सक्छ । मैले आफ्नो परिचय नलुकाई यो कथा किन भनिरहेकी छु भने सम्बन्धित पक्ष उत्तरदायी हुनैपर्छ ।’