वासिंगटन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अवैधानिक रुपमा नशासम्बन्धि औषधि बेचविखन गर्नेलाई मृत्युदण्डसम्मको कारबाही हुने बताएका छन्। अमेरिकामा ‘पेनकिलर’ औषधि सेवनको महामारीलाई रोकथाम गर्ने योजनाअनुरुप सो व्यवस्था गर्न लागिएको हो।
अमेरिकाको न्यु हेम्पसायरमा सम्बोधनका क्रममा राष्ट्रपति ट्रम्पले सो प्रस्ताव राखेका हुन्। न्यु हेम्पसायरलाइ ओपिओइड(दुखाइवर्दक र हेरोइन मिसाइएको औषधि) तहको औषधिको संकटबाट प्रभावित राज्य मानिन्छ।
राष्ट्रपति ट्रम्पले आफ्नो प्रशाषन अवैधानिक औषधि बिक्रि गर्ने माफियाहरुका विरुद्धमा नयाँ कानुन ल्याउन तत्पर रहेपनि केहि राजनीतिक तथा कानुनी जटिलताको सामना गर्नुपर्ने देखिएको बताए।
हालसम्म करिब २४ लाख अमेरिकीहरु औषधि सेवनको लतमा फसिसकेको बताइन्छ। अमेरिकी स्वास्थ्य अधिकारीका अनुसार सन् २०१६ मा करिब ६३ हजार ६ सय नागरिकलाई औषधि अभाव भएको तथ्यांक छ।
न्यु ह्याम्पसायरको म्यानचेस्टरमा सम्बोधनका क्रममा ट्रम्पले भने,‘यदि हामीले औषधि बिके्रताका लागि अप्ठेरो स्थिती खडा गरिदिन्नौ भने त्यो समय बर्बाद गर्नु मात्र ठहरिनेछ।’
उनले थपे,‘त्यो अप्ठेरो स्थिती भनेको मृत्युदण्ड नै हो।’
यसै महिनाको सुरुवातमा पेन्सिलभेनियामा भएको एक र्यालीमा ट्रम्पले औषधि तस्करहरुका लागि अन्तिम सजाय दिनुपर्ने सुझाएका थिए।