काठमाडौं- प्राडा राजेन्द्र कोजू काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेजका डिन हुन्। वरिष्ठ मुटुरोग विशेषज्ञ डा कोजूले धुलिखेल अस्पतालको निर्देशकका रुपमा जिम्मेवारी सम्हालिसकेका छन्। नेपालको पहिलो सामुदायिक यो अस्पताल शुलभ शुल्कमा गुणस्तरीय उपचार सेवा दिने उद्देश्यका साथ खुलेको हो।
२०५३ सालमा यो अस्पताल खुल्दा नेपालको स्वास्थ्य प्रणालीमा कि सरकारी अस्पताल थिए कि निजी अस्पताल। सरकारी अस्पतालको सेवा राम्रो भए पनि सर्वसाधारणको सहज पहुँच थिएन भने निजी अस्पतालमा उपचार सेवा महँगो थियो।
स्वास्थ्य सेवामा रहेको यही अन्तर कम गर्ने उद्देश्यका साथ धुलिखेल अस्पताल स्थापना गरिएको थियो। हाल काठमाडौं युनिभर्सिटीका उपकुलपति डा रामकण्ठ मकाजूसँगै डा कोजू धुलिखेल अस्पतालको सुरुवातदेखि नै संलग्न छन् । अहिले एक उदाहरणीय अस्पताल बनेको छ धुलिखेल।
'उपचारमा आउने बिरामीको रोगसँगै उसका समस्या पनि समाधान गरिनुपर्छ भन्ने मान्यता अनुसार अस्पताल चलिरहेको छ,' डा कोजू भन्छन्, ‘बिरामीको रोग मात्रै बुझेर हुँदैन। ऊ बिरामी परेपछि आउने पारिवारिक समस्या समेत बुझेर सेवा दिनुपर्छ।’ धुलिखेल अस्पतालको उपचार सेवा र काठमाडौं विश्वविद्यालयको चिकित्सा शिक्षाका विषयमा डा कोजूसँग डा सुवास प्याकुरेलले गरेको 25ः