एजेन्सी - तस्बिरमा देखिएका व्यक्ति एक चिनियाँ पुरुष हुन, जो झट्ट हेर्दा अर्को कुनै ग्रहबाट आएका जस्ता देखिन्छन् । जन्मदा उनी अन्यन्तै सुन्दर थिए । युवा अवस्थामा पनि सामान्य व्यक्ति सरह फूर्तिला र राम्रा थिए । तर अहिले कुरुप बनेका छन् ।
उनको समस्यालाई चिकित्सकीय भाषामा फेसियल हाईपरप्लासिया अर्थात अस्वभाविक रुपमा तन्तुहरुको बृद्धि भन्ने बुझिन्छ । दक्षिण पश्चिम चीनको चोङकिङका सिया युनहाई आफ्नो अनुहारको यही समस्याका कारण सार्बजनिक स्थलमा वा भीडभाडमा जान त्यति रुचाउदैन् । रोगले निम्त्याएका कुरुप अनुहारका कारण ५३ वर्षीय युनहाइको खासै सामाजिक हेलमेल पनि छैन । अनुहारमा अत्यधिक तन्तुको बृद्धिले कुरुप बनेका उनी आफ्नो अनुहार परिबर्तन गर्ने शल्यक्रियाको आशमा छन् ।
उनको अनुहारको निश्चित भाग अस्वभाविक रुपमा बृद्धि भएको छ, जसका कारण उनको कानमा पनि समस्या परेको छ । उनले राम्रोसँग सुन्दैनन् । अस्वभाविक तन्तुको बृद्धिले दाँतमा पनि समस्या देखिएको छ । उनलाई हास्न पनि गाहो हुन्छ ।
उनका दाई सिया युयानचाङले भाईको समस्या बयस्क अवस्थामा अकस्मात देखिएको बताउछन्् । बिस्तारै अनुहार बढ्दै गएपछि परिबार नै पीडामा परेको उनको भनाई छ । अनुहारको भाग बढेपछि उपचारको खोजी भयो, तर उपचार खर्च अत्यधिक महगो सुनेपछि सिया परिबारले पीडितलाई अस्पताल लैजाने जमर्को नै गरेन । तर बिस्तारै युनहाइको अनुहार झन बढ्यो र झन कुरुप बन्यो । भाईको शल्यक्रिया गर्न अहिले दाजुले चीनमा विभिन्न संघ संस्थासँग सहयोग जुटाएका छन् ।