नयाँ दिल्ली (एजेन्सी)– बलिउडकी चर्चित नायिका श्रीदेवीको मृत्युको फोरेन्सिक रिपोर्ट सोमबार सार्वजनिक भएको छ। जसमा उनको निधन हृदयाघातका कारण नभई पानीमा डुबेर भएको देखिएको छ।
यसको जानकारी दुबईबाट प्रकाशित समाचार एजेन्सी एएनआईले दिएको हो। फोरेन्सिक रिपोर्टको औपचारिक रिपोर्ट घर परिवारलाई सुम्पिसकेको बताइएको छ। तर, परिवारले यसको आधिकारिक जानकारी दिएका छैनन्। पहिले उनको निधन ‘सडेन कार्डियाक एरेस्ट’का कारण भएको बताइएको थियो।
श्रीदेवीको अन्त्येष्टि सोमबार राति नै मुम्बईमा गर्ने बताइएको छ। कानुनी प्रक्रियामा समय लागेपछि उनको पार्थिव शरीरलाई भारत ल्याउन ढिलो भएको थियो।