मनिला- फिलिपिन्सको दक्षिणी क्षेत्रमा पर्ने बालाबाकमा फैलिएको हैजाका कारण कम्तीमा दश व्यक्तिको मृत्यु भएको छ।
पहाडी क्षेत्रमा पर्ने सो ठाँउमा फैलिएको हैजाका कारण मृत्यु हुने मध्ये एक जना ११ महिने बालक पनि रहेको स्वास्थ्य अधिकारीहरुले मंगलबार जनाएका छन्।
बालाबाक भन्ने स्थानमा झण्डै दुई महिनादेखि हैजाको प्रकोप फैलिएको छ । त्यस क्षेत्रका झण्डै दुई सय जनालाई हैजाले प्रभावित पारेको छ।
उपभोग गर्न योग्य नभएको खानेपानी उपभोग गरेको र सरसफाईमा पर्याप्त ध्यान नदिएकाले हैजा फैलिएको अधिकारीहरुले बताएका छन्।
सन् २०१७ को सेप्टेम्बर महिनामा पालावानमा पनि यस्तै हैजा फैलिएको थियो । त्यतिबेला चार जनाको मृत्यु भएको थियो भने अरु ६०० भन्दा बढी अस्पताल भर्ना भएका थिए। रासस