बीबीसी– महिलालाई चिसोको अनुभव पुरुषलाई भन्दा बढी हुन्छ । पुरुष भन्दा उनीहरूलाई २ देखि ३ डिग्री सेल्सिअस बढी तापक्रममा सहज अनुभव हुने अनुसन्धानले देखाएको छ। यस्तो किन हुन्छ त? यूकेस्थित पोर्ट्स्मथ विश्वविद्यालयकी शरीरशास्त्री डा क्लेर एग्लिन व्याख्या यस्तो छ:
हाम्रो शरिरमा तातो र चिसो महशुस गराउने धेरै रिसेप्सटर हुन्छन् । तीमध्य हाम्रो छालामा भएका रिसेप्सटरहरुले बढी तातोचिसोको अनुभव गराउँछन् ।
शरीरभित्रको तापक्रम नाप्ने हो भने चाहिँ महिला र पुरुष दुवैको उस्तै हुन्छ । तर छालाको तापक्रममा भने भिन्नता हुन्छ । मुख्य गरी हात र खुट्टाको तापक्रममा भिन्नताले वातावरण कस्तो छ भन्ने महशुस गराउँछ।
चिसो वातावरणमा महिलाको रक्तनली बढी खुम्चिन्छ । त्यसो हुँदा छालामा हुने रक्तनली पनि खुम्चिन्छन् र रक्त प्रवाह कम हुन्छ । अनि छालामा कम ताप हुन्छ । त्यसैले महिलाका हात र खुट्टा चिसा हुन्छन्। त्यसैले पुरुष सरह न्यानो अनुभव गर्न उनीहरुलार्इ केही तातो वातावरण चाहिन्छ।
हर्मोन र शरिरमा हुने बोसोका कारण पनि तातोचिसो अनुभवमा फरक पर्छ ।
तर पुरुषमा महिलाको रक्तनली किन खुम्चिदैन त ?
किनभने पुरुषको शरिर ठूलो हुन्छ र उनीहरुमा मांसपेसी पनि धेरै हुन्छ। त्यसो हुँदा बढी ताप उत्पादन हुन्छ र शरिरको अन्तरिक तापक्रम कायम राख्न छालातिरको रक्तप्रवाह रोक्नुपर्दैन।