एजेन्सी– भारतमा एक दशकयता सिजेरियन डेलिभरी (शल्यक्रियामार्फत् प्रसूती) मा दोब्बर वृद्धि भएको पाइएको छ । नेशनल फेमिली हेल्थ सर्भेको चौथो रिपोर्ट (२०१५–२०१६) मा सिजेरियन अपरेशनबाट १७.२ प्रतिशत बच्चाको जन्म भएको उल्लेख गरिएको हो । जबकि सर्भेको तेस्रो रिपोर्ट (२००५–००६) मा यो तथ्यांक ८.५ प्रतिशत थियो ।
भारतमा सिजेरियन दर 11 संंगठनले सार्वजनिक गरेको तथ्यांकभन्दा बढी हो । डब्लुएचओले २०१५ को अप्रिलमा जनसंख्याको हिसाबले सिजेरियन डेलिभरीको दर १० प्रतिशतभन्दा बढी भए मातृ एवं शिशु मृत्युदर कम गर्न भूमिका नखेल्ने जनाएको थियो । तर एक दशकमै सिजेरियन डेलिभरी दोब्बर वृद्धि भएको सम्बन्धमा भारतीय संसदमा समेत गम्भीर बहस भएको छ । अपरेशनमार्फत् बच्चा जन्मने दर भारतको आन्ध्र प्रदेशमा सबैभन्दा बढी छ । त्यहाँ ४०.१ प्रतिशत बच्चा अपरेशनमार्फत् जन्मन्छन् । यसबाहेक केरलमा ३५.८, पुडुचेरीमा ३३.६, जम्मु कश्मीरमा ३३.१, गोवामा ३१.४ प्रतिशत बच्चा शल्यक्रियामार्पmत् जन्मन्छन् ।
यता नयाँदिल्लीमा भने यो दर २३.७ छ । तर भारतमै सबैभन्दा बढी जनसंख्या भएको उत्तरप्रदेशमा भने यो दर ९.४ प्रतिशत छ । सबैभन्दा कम सिजेरियन अपरेशन भने नागाल्यान्डमा हुने गरेको छ । त्यहाँ यो दर ५.८ मात्र छ ।
नेशनल स्याम्पल सर्भे (२०१४) अनुसार ७२ प्रतिशत ग्रामीण मानिस र ७९ प्रतिशत शहरी मानिस निजी अस्पतालमा उपचार गराउँछन् । सरकारी अस्पतालको तुलनामा निजी अस्पतालको खर्च चार गुणा बढी हुन्छ ।
सिजेरियन डेलिभरी यसरी तीब्र रुपमा बढ्नुको कारणबारे इण्डियन मेडिकल एशोसियसन (आइएमए) का पूर्व अध्यक्ष एवं प्रसिद्ध चिकित्सक केके अग्रवाल भन्छन्, ‘देशका विभिन्न भागमा सामान्य रुपबाट या अपरेशनबाट बच्चा जन्माउनुमा महिलाको गर्भावस्थामा अस्पताल पहुँचमा भरपर्छ, यदि गर्भवती ढिलो अस्पताल पुगेको अवस्था छ भने चिकित्सकसंग अपरेशन गर्नुको विकल्प हुँदैन, किनभने बच्चालाई बचाउनुपर्छ ।’
विगतको तुलनामा चिकित्सकले जोखिम लिन नचाहने भएका कारण पनि यस्तो अवस्था आएको उनको भनाई छ ।
अस्पतालले बिरामीलाई अनावश्यक बिल उठाउन लगाउने गरेको विषयमा आवाज उठाउने डा. विवेक बिन्द्रा अस्पतालको ‘मुनाफाखोरी’ प्रवृत्तिले सिजेरियन अपरेशनको संख्या बढेको बताउछन् ।