काठमाडौं– कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्रदेश नम्बर ६ का सवै जिल्लामा स्वास्थ्य सेवाका लागि सहकार्य गर्ने उपकुलपति डा राजेन्द्र वाग्लेले बताएका छन् । उनले 25मा बोल्दै भने, ‘कर्णाली अञ्चलका विकट जिल्लामा मात्रै होइन, प्रदेश नम्बर ६का सुगम जिल्लामा समेत हामीले आफूसँग रहेको जनशक्ति पठाइरहेका छौं । आगामी दिन यो क्षेत्रका लागि हामी आफैं जनशक्ति उत्पादन गर्ने तयारी गरिरहेका छौं।’ सवै जिल्ला अस्पतालसँग सहकार्य गरी त्यस क्षेत्रको स्वास्थ्य सेवा मजबुत पार्न प्रतिष्ठान लागिपरेको डा वाग्लेले बताए । दुर्गमका लागि अत्यन्त जरुरी स्त्री तथा प्रसूती रोग विशेषज्ञ, हाडजोर्नी विशेषज्ञलगायत प्रतिष्ठानबाटै उत्पादन गर्ने तयारी भइरहेको उनले बताएका छन् । यसबाहेक 4 र पब्लि हेल्थका विषयमा स्नातक र स्नातकोत्तर तहका शैक्षिक कार्यक्रम सञ्चालनका लागि प्रयास भइरहेको उनी बताउँछन् ।
डा वाग्लेसँग डा सुवास प्याकुरेलको 25ः