बेसारका धेरै फाइदा छन्। बेसारले रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै पेटमा रहेको जुका समेत मार्न मद्दत गर्छ। पेटमा जुका परेको छ भने १ चम्चा बेसार दैनिक बिहान खालीपेटमा एक सातासम्म ताजा पानीसँग खानुस्, स्वादका लागि नुन पनि मिसाउन सक्नुहुन्छ, यसले जुका मार्न मद्दत गर्छ।
सौन्दर्यका लागि पनि बेसार फाइदाजनक छ।
– अनुहारको दाग हटाउन बेसार र कालो तिललाई बराबर मात्रामा मिसाएर पिस्नुहोस् र पेष्ट बनाएर लगाउनुहोस्। बेसार र दुधको पेष्ट लगाउनाले पनि छालाको रंगमा निखारता आउछ।
– खोकी लागेको छ भने बेसारको सानो टुक्रा मुखमा राखेर चुस्नुहोस्, यसले आराम दिन्छ। यस्तै, छालाको अनावश्यक रौं हटाउन बेसार र नरिवलको तेल मिलाएर पेस्ट बनाएर लगाउनुस्, यसबाट छाला नरम हुन्छ भने शरिरको अनावश्यक रौं बिस्तारै हट्दै जान्छ।
– घामले डढेर छाला कालो भएको छ भने बेसारको धुलो, बदामको धुलो र दही मिसाएर लगाउने हो भने छालामा निखारता आउछ, यसले एक प्रकारको सनस्क्रीन लोशनको काम गर्छ। मुखको छालामा घाउ भएकालाई पनि बेसार पानीले कुल्ला गर्नाले फाइदा हुन्छ।