विश्वमा सबैभन्दा धेरै मानिसको मृत्यु मुटुजन्य रोगको कारण हुने गरेको छ भने त्यसपछि दोस्रो नम्बरमा क्यान्सर आउछ । 11 संगठनको तथ्यांकअनुसार सन् २०१५ मा क्यान्सरजन्य रोगका कारण विश्वमा ८ करोड ८० लाख मानिसको मृत्यु भएको थियो । अर्थात् ६ वटा मृत्युमध्ये एकको मृत्यु क्यान्सरको कारणले हुने गरेको पाइएको छ । यसमध्ये पनि ७० प्रतिशत मृत्यु न्युन तथा मध्यमआय भएका देशका हुन्छन् ।
क्यान्सरबाट हुने मृत्यु ५ वटा प्रमुख बानीव्यवहार तथा खानपानसम्बन्धी समस्याका कारण हुने गर्छ । जसमा मोटोपना (हाई बडीमास इक्डेक्स), फलफूल तथा तरकारीको कम उपभोग, शारीरिक अभ्यासको कमी, धूमपान तथा सूर्तिजन्य पदार्थको सेवन तथा मदिरा सेवन छन् । 11 संगठनका अनुसार क्यान्सरबाट हुने मृत्युको २२ प्रतिशत हिस्सा सूर्तिजन्य पदार्थको सेवन रहेको छ भने हेपाटाइटिस र ह्युमन पापिलोमा भाइरस (एचपीभी) क्यान्सर समस्यामा २५ प्रतिशत कारक बन्ने गरेको छ ।
सन् २०१७ मा न्यून आय भएका देशका २६ प्रतिशतमात्र मानिसले रोग परीक्षण र उपचारको सुविधा प्राप्त गरे । क्यान्सरजन्य रोगमा हुने खर्च पनि बर्सेनि बढ्दै गइरहेको छ । सन् २०१० मा यो रोगमा मात्र १.१६ खर्ब अमेरिकी डलर खर्च भएको थियो । यो रकम अझै वृद्धि भएको डब्लुएचओको अनुमान छ ।
अमेरिकामा आधा पुरुष र एक तिहाई महिलाले आफ्नो जीवनकालमा क्यान्सरको सामना गरेका हुन्छन् । अहिले विश्वका लाखौं क्यान्सरप्रभावित मानिसहरुले सुरुकै अवस्थामा रोग पहिचान र उपचार प्रक्रियामार्फत् आफ्नो जीवन लम्बाईरहेका छन् ।
यस्तो छ क्यान्सरको इतिहास
क्यान्सर नयाँ रोग भने होइन । पहिलोपटक क्यान्सर शब्द ग्रिक फिजिसियन हिप्पोक्रेटस (४६०–३७० इशापूर्व) ले प्रयोग गरेका थिए । ग्रिकमा ‘कार्किनोस’ भन्ने शब्द कार्सिनोमा ट्युमर जनाउन प्रयोग गरिएको थियो । प्राचिन इजिप्टमा फेला परेका ममीहरुमा पनि हड्डीको क्यान्सर भएको प्रमाण फेला परेका थिए । विश्वकै सबैभन्दा पूरानो प्रामाणिक स्तन क्यान्सर भने १५०० इशापूर्वमा प्राचिन इजिप्टमा फेला परेको थियो । त्यतिखेर पनि यसको कुनै उपचार थिएन, मात्र पीडाबाट मुक्त गर्ने उपायमात्र अपनाइन्थ्यो । प्राचिन इजिप्टका शिलालेखहरुमा पनि शरीरको सतमा भएका ट्युमरलाई शल्यक्रियामार्फत् हटाइने गरिएको उल्लेख पाइन्छ ।
१८ औं शताब्दिसम्म क्यान्सरका कारणबारे विभिन्न अनुसन्धान भएपनि पहिलोपटक सन् १७७५ मा यसको कारण पत्ता लागेको थियो । बेलायती सर्जन पर्सिभल पटले चिम्नी कामदारमा हुने आम रोग अण्डकोषको क्यान्सरका कारण हुने पत्ता लगाएका थिए । यही शताब्दिमा माइक्रोस्कोपको आविस्कार भएपछि प्राथमिक ट्युमर लिम्फ नोड हुँदैं शरीरका अन्य भागमा विस्तारै फैलने पत्ता लागेको थियो । त्यसबीचमा क्यान्सरको उपचारका लागि गरिएका शल्यक्रिया हाइजिनको समस्याले सफल हुन सकेन ।
जेनेटिक हिसाबले क्यान्सरको पहिचान भने जर्मन जूलोजिस्ट थियोडोर बोभेरीले सन् १९०२ मा गरेका थिए । १९ औं शताब्दिको अन्त्यतिर मारिया क्यूरी र पेरी क्यूरीले रेडियसन पत्ता लगाएपछि पहिलोपटक नन–सर्जिकल क्यान्सर उपचार प्रभावकारी रुपमा प्रयोगमा आयो । जापानका चिकित्सकहरुले दोस्रो विश्वयुद्धमा हिरोसिमा र नागासाकीमा भएको आणविक बम आक्रमणमा मारिएकाहरुको बोन म्यारो पूर्ण रुपमा नष्ट भैसकेको थियो । तिनीहरु के निष्कर्षमा पुगे भने बोन म्यारोलाई रेडियसनबाट नष्ट गर्न सकिन्छ । यही निष्कर्षले ल्युकेमियाका बिरामीमा बोन म्यारो प्रत्यारोपणको विकासमा सघाउ पु¥यायो । १९६८ मा एन्थोनी इप्स्टीन, बर्ट आचोङ र युन बारले पहिलो ह्युमन क्यान्सर भाइरस पत्ता लगाए, जसलाई इप्स्टीन बार भाइरस नाम दिइयो ।