एजेन्सी- जब ९० वर्षीय नोरमा बाउर्समिटको चौथो स्टेजको क्यान्सरको डायगनोसिस भयो उनले उपचार गर्न अस्वीकार गरिन् । किनभने उनलाई थाहा थियो अब उनी बाँच्ने छैनिन् । त्यसपछि उनले बाँकी रहेको जीवन सकरात्मक तरिकाले व्यतित गर्ने निधो गरिन् ।
तसर्थ उनले लामो जीवन यात्रा सुरु गरिन । यात्राका दौरानमा उनले क्यान्सरको चेतना पनि फैलाइन । क्यान्सरबाट जोगिन समयमा नै उपचारमा जान सुझाइन् । उनको कदमको सामाजिक सञ्जाल फेसबुकमा लोकप्रिय बन्यो । उनको फेसबुक पेजमा ४ लाख ४० हजार फलोअर पुगेका थियो ।
मिचिगनकी स्थायी बासिन्दा बाउर्समिट आफ्नो छोरा टिम र बुहारी लिडलसँग एक वर्ष यात्रा गरिन् । एक वर्ष अघि उनको मृत्यु भएको हो। मृत्यु हुनुअघि सम्म ब्राउर्समिटले सो यात्रालाई निरन्तरता दिइन् ।
यो परिबारले १३ हजार माईलको यात्रा पुरा गर्यो । विभिन्न बाधा अड्चन सामना गर्दै ३४ राज्य भ्रमण गरे ।
उनीहरुको साहसिक यात्रा सन् २०१५ को जुलाईमा सुरु भयो । चिकित्सकले उनलाई टर्मीनल क्यान्सर भएको बताएपछि बयोबृद्ध महिलाले उपचार भन्दा यात्रा गर्ने रहर गरेका थिए । उनको रहरलाई छोरा बुहारीले पूर्ण साथ दिएका थिए । आफ्ना पति लियोको मृत्यु भएको दुई दिनपछि सो यात्रा सुरु गरेकी थिइन् ।
उनकी बुहारी लिडल भन्छिन, ‘ससुराको अन्तेष्टिपछि सासु हामीसँग बस्न थाल्नु भयो । लगत्तै उनले साहसिक कदम चालिन् ’ । त्यसपछि आमाको इच्छा बमोजिम यात्रा सुरु गरे ।
‘उनलाई हामीले गाडीभित्रै ह्विल चेयरमा राखेर ठाँउठाँउमा डुलायौं । उनलाइ जहाँ जहाँ रमाईलो लाग्छ त्यही पुयाउन थाल्यौ । त्यसपछि लिडलको आग्रहमा फेसबुक पेज सुरु गर्यौ,’ छोरा टिम भन्छन् ।
बाउर्समिटका फेस बुक फलोअरले उनको भ्रमणबारे धेरै चासो देखाउन थाले । विभिन्न कार्यक्रममा बयोबृद्ध महिलालाई निम्तो दिन थाले । विभिन्न व्यक्तिले आयोजना गरेका कार्यक्रममा सहभागी भइन् ।