बीबीसी– ब्रिटिश अनुसन्धानकर्ताहरुले दिनमा एक खिल्ली मात्रै चुरोट पिउने मानिसमा पनि मुटु रोग, क्यान्सर र मस्तिष्कघातको जोखिम उच्च हुने बताएका छन् ।
दिनमा २० खिल्ली चुरोट खानेले एक खिल्ली खाँदा त्यही अनुपातमा जोखिम नघट्ने बताइएको छ ।
धुम्रपान कहिल्यै नगरेको १० जना पुरुष मध्ये ५ जनालाई मुटुको समस्या र मष्तिष्घात भयो भने दिनमा २० खिल्ली पिउनेमा १२ प्रतिशत र एक खिल्ली पिउनेमा ८ प्रतिशत जोखिम पाइएको छ ।
यसअघि चिकित्सकहरुले कतिपय धुम्रपान गर्ने मानिसलाई चुरोट पिउने मात्रा घटाउँदै लग्न सुझाव दिने गरेका थिए। तर ब्रिटिश मेडिकल जर्नलमा प्रकाशित एउटा अध्ययनले निकै कम धुम्रपान गर्दा पनि स्वास्थ्य सम्बन्धी जोखिम उच्च हुने देखाएको छ ।
अनुसन्धानकर्ताहरुले चिकित्सकलाई धुम्रपान पुरै त्याग्न सुझाव दिन सिफारिस गरेका छन् ।