प्रश्न : मलाई लामो समयदेखि पिनासले सताउँदैं आएको छ। धेरै उपचार गरेपनि निको हुन सकेको छैन। पिनासका लागि प्राकृतिक उपचार पद्दति लाभदायक छ भन्ने सुनेको छु, के यो सही हो ? उचित सुझावको आशा गरेको छु। – रमेश, कीर्तिपुर
उत्तर : रमेशजी, तपाईले सुनेको कुरा सही हो। पिनासका लागि प्राकृतिक चिकित्सा पद्दति भरपर्दो मानिन्छ। यसमा औषधिको प्रयोग विना नै उपचार गरिन्छ। पिनास भएको लामो समय भएमा धेरै समय लाग्छ भने लामो समय भएको छैन भने यसको छिटो समाधान गर्न सकिन्छ। प्राकृतिक उपचारअन्तरगत मनतातो पानीमा नुन मिसाई नाकको एउटा प्वालबाट पानी राखी अर्को प्वालबाट निकालेर सफा गर्ने विधि जलनेती, प्राणायमअन्तरगत बिहान कपालभाँती, भस्तीका, नारीसुद्धि, आयुर्वेदिक तेलले मालिस गर्ने, फेसियल स्टिम तथा अकुपञ्चर विधिद्वारा गरिन्छ। यी सबै प्राकृतिक विधि छुट्टाछुट्टै वा एकसाथ पनि गर्न सकिन्छ। सबै विधि एकसाथ गरेमा १० देखि १५ दिनमा पिनास ठिक हुन्छ। यसका लागि तपाईले प्राकृतिक चिकित्सा विधिद्वारा उपचार गरिने अस्पतालहरुमा जानु राम्रो हुन्छ।
- डा. जनक बस्नेत, वेलनेस अस्पताल