प्रश्न: एक वर्षदेखि हरेक मंगलबार गणेशको व्रत बस्दै आएको छु। अचेल मेरो पेट दुख्ने र खाना खाँदा बान्तासमेत हुने गरेको छ। यस्तो किन भएको होला? उचित सुझावको अपेक्षामा छु। – रिता केसी, महाराजगञ्ज
उत्तर : लामो समयसम्म पेट खाली राख्दा ग्यास्ट्रिक रसहरुले ग्यास्ट्रिक बनाउन सक्छन्। जसका कारण यस्तो अवस्थामा पेप्टिक अल्सर हुनसक्छ। त्यसकारण तपाईलाई पेप्टिक अल्सर भएको हुनसक्छ। व्रत बसेको समयमा पेट दुख्ने र खाना खाँदा बान्ता आउने भन्नुभएको छ। व्रत बस्दा पेट लामो समयसम्म खाली हुन्छ। जसका कारण पेट दुख्ने र खाना खाँदा बान्ता हुन्छ। यसको लक्षण हेर्दा तपाईलाई अल्सर नै भएको हुनसक्छ। त्यसकारण तपाईले एकपटक इण्डोस्कोपी गर्नुपर्ने हुन्छ। इण्डोस्कोपी गर्दा तपाईको आन्द्रामा घाउ छ वा छैन, यदि छ भने त्यसको अवस्था थाहा पाउन सकिन्छ। त्यसैले समयमै इण्डोस्कोपीमार्फत् रोग पत्ता लगाई उचित उपचार गराउनु उत्तम हुन्छ।
- डा. भुपेन्द्र बस्नेत, वीर अस्पताल