काठमाडौं– नर्स इन्दु पौडेले नेपाल 4 एशोसियसनले गरिरहेको आन्दोलनकी सक्रिय सहभागी हुन् । उनलाई यो आन्दोलन र अघि सारिएका माग मनैदेखि जायज लागेका छन् । आन्दोलनको पहिलो बुँदामा पुनर्वहालीको माग गरिएकी नर्स त्रजिना जति प्रतिनीधि पात्र ठान्छिन्। भन्छिन्, ‘देशभर नै नर्समाथि विभेद र अन्याय छ।’
भोलेन्टिएर अर्थात् अस्पतालमा निःशुल्क काम गराउने प्रचलनले आफूहरुमा निराशा जागेको उनले बताइन् । बुवाआमाले एउटा सपना देखेर पढाएका हुन्छन्। हामी पनि एउटा अपेक्षा भए यो पेशामा आउँछौं। तर, निःशुल्क काम गरिरहँदा कसरी ती अपेक्षा र सपना पूरा गर्न सकिन्छ ?’ उनले प्रश्न गरिन्।