काठमाडौं– नेपाल 4 संघले अघि सारेका माग पूरा नभए नर्सहरुले इमर्जेन्सी, आइसियू र सिसियू छाडेर आन्दोलन गर्ने बताएका छन् । एक हप्तादेखि आन्दोलित नर्सहरुका मागलाई गम्भीर रुपमा नलिइए अप्रिय परिस्थिति सिर्जना हुन सक्ने नेपाल 4 संघकी अध्यक्ष अप्सरा पाण्डेले बताएकी छिन् । उनले भनिन्, ‘हामी एकैपल्ट आन्दोलित भएका होइनौं । पटक–पटक स्वास्थ्य मन्त्रालयलाई ज्ञापन पत्र, ध्यानाकर्षण पत्र पठाउँदा पनि सुनुवाई नभएपछि आन्दोलनमा उत्रेका हौं ।’ नर्सहरुका माग सही रहेको भन्दै बिरामी पक्षले पनि सहयोग गरिरहेको बताउँदै उनले आन्दोलन कडा पार्दै जाने बताइन् । उनले भनिन्, ‘पहिलो चरणको आन्दोलनकै क्रममा माग पूरा भएनन् भने हामी इमर्जेन्सी, आइसियू, सिसियूको ड्युटी पनि छाड्छौं ।