काठमाडौं– युवा नर्सहरुको संगठन वाई नानको आव्हानमा बुधवार माइतीघर मण्डलामा प्रदर्शन हुने भएको छ । एक हप्तादेखि कार्यरत अस्पताहरुमा आन्दोलन गरिरहेका उनीहरुले त्यसको सुनुवाई नभएको भन्दै सडकैमा आउने निर्णय लिएका हुन्।
नर्स विमला धमलाका अनुसार दिउसो १२ बजे माइतिघर मण्डलामा जम्मा भएर र्याली सुरु गरिनेछ । माइतीघरबाट वानेश्वर हुँदै फेरि माइतीघर पुगेर र्याली कोणसभामा परिणत हुनेछ । ७४ हजार नर्सहरु विभेद र शोषणमा रहेको भन्दै नर्सहरुआन्दोलित भएका हुन्।
११ बुँदे माग अघि सार्दै नर्सहरु आन्दोलनमा छन्। उनीहरुले दुई दिनदेखि तीन घन्टा ड्युटी छाडेर आन्दोृलन गरिरहेका छन् । त्यसैगरी ४, ५ र ६ गते सवै अस्पताल र शैक्षिक संस्थामा ८ देखि ४ बजेको सिफ्टमै ड्युटी नजाने र अझै माग पूरा नभए माघ ७ गते २४ घन्टा नै ड्युटी छाडेर स्वास्थ्य मन्त्रालयमा धर्ना दिने भएका छन्।
उनीहरुले मानव अंग प्रत्यारोपण केन्द्रबाट निष्कासन गरिएका 4 कर्मचारीहरुलाई बिनाशर्त अविलम्ब पुनर्बहाली, अधिकारसहितको 4 सेवा महाशाखा पुनर्स्थापना, जनतालाई गुणस्तरीय 4 सेवा दिनका लागि नेपाल सरकारले बनाएको ‘नर्स बिरामीको अनुपात’ सबै अस्पतालमा यथाशीघ्र लागू लगायत ११ वटा माग छन्।