काठमाडौं- देशभरका नर्सहरु अन्दोलित भएका छन्। घोषित आन्दोलन तालिका अनुसार बिहीवार पनि हातमा कालोपट्टी बाँधेर उनीहरुले सेवा दिइरहेको नर्स दुर्गा सापकोटाले जानकारी दिइन्। नेपाल 4 संघको अव्हानमा देशभरिका नर्सहरु आन्देलित भएका हुन्।
११ बुँदे माग अघि सार्दै नर्सहरु आन्दोलनमा छन्। उनीहरुका माग आजसम्म पूरा नभए भोलिदेखि ३० गतेसम्म सवै अस्पताल र शैक्षिक संस्थामा बिहान १० देखि ११ बजेसम्म ड्युटी छाड्ने निर्णय गरेका छन् ।
उक्त अवधिमा माग पूरा नभए माघ १,२ र ३ गते १० देखि १ अर्थात् ३ घन्टा ड्युटी छाड्ने घोषणा गरेका छन् । त्यसैगरी ४, ५ र ६ गते सवै अस्पताल र शैक्षिक संस्थामा ८ देखि ४ बजेको सिफ्टमै ड्युटी नजाने र अझै माग पूरा नभए माघ ७ गते २४ घन्टा नै ड्युटी छाडेर स्वास्थ्य मन्त्रालयमा धर्ना दिने भएका छन् ।
उनीहरुले मानव अंग प्रत्यारोपण केन्द्रबाट निष्कासन गरिएका 4 कर्मचारीहरुलाई बिनाशर्त अविलम्ब पुनर्बहाली, अधिकारसहितको 4 सेवा महाशाखा पुनर्स्थापना गरियोस्, जनतालाई गुणस्तरीय 4 सेवा दिनका लागि नेपाल सरकारले बनाएको 'नर्स बिरामीको अनुपात' सबै अस्पतालमा यथाशीघ्र लागू लगायत ११ वटा माग छन्।