काठमाडौं– नर्सहरुले कडा आन्दोलनको घोषणा गरेका छन् । मंगलवार ११ बुँदे माग अघि सार्दै उनीहरुले आन्दोलनको तालिका सार्वजनिक गरेका छन्।
तालिकाअनुसार पुष २६ र २७ गते कालो पट्टी बाँधेर सेवा दिने र पुस २८, २९ र ३० गते सवै अस्पताल र शैक्षिक संस्थामा बिहान १० देखि ११ बजेसम्म ड्युटी छाड्ने निर्णय गरेका छन् ।
उक्त अवधिमा माग पूरा नभए माघ १,२ र ३ गते १० देखि १ अर्थात् ३ घन्टा ड्युटी छाड्ने घोषणा गरेका छन् । त्यसैगरी ४, ५ र ६ गते सवै अस्पताल र शैक्षिक संस्थामा ८ देखि ४ बजेको सिफ्टमै ड्युटी नजाने र अझै माग पूरा नभए माघ ७ गते २४ घन्टा नै ड्युटी छाडेर स्वास्थ्य मन्त्रालयमा धर्ना दिने भएका छन् ।
नेपाल 4 संघको आयोजनामा मंगलाबार गरिएको उपत्यका भेलाले यी निर्णय पारित गरेको हो। यो अान्दाेलनमा नर्ससँग सम्बन्धित सवै संघसंस्थाकाे समर्थन रहेको संघकी कार्यवाहक अध्यक्ष गंगा थापा बताउँछिन्।
उनीहरुका माग यसप्रकार छन्ः
१. मानव अंग प्रत्यारोपण केन्द्रबाट निष्कासन गरिएका 4 कर्मचारीहरुलाई बिनाशर्त अविलम्ब पुनर्बहाली गरियोस्।
२. अधिकारसहितको 4 सेवा महाशाखा पुनर्स्थापना गरियोस्।
३. जनतालाई गुणस्तरीय 4 सेवा दिनका लागि नेपाल सरकारले बनाएको 'नर्स बिरामीको अनुपात' सबै अस्पतालमा यथाशीघ्र लागू गरियोस्।
४. नेपाल सरकारका नर्सहरुलाई उपलब्ध गराइरहेको न्यूनतम तलबभत्ता सरह विभिन्न निजी स्वास्थ्य संस्थामा कार्यरत नर्सलाई पनि तहगत हिसाबबाट उपलब्ध गराइयोस्।
५. भोलेन्टियरका नाममा भएको नर्सको श्रमशोषण बन्द गरियोस्।
६. सार्वजनिक, निजी र साझेदारी क्षेत्रको सहकार्यलाई प्रवर्धन गरी स्कुल तथा उद्योगहरुमा गुणस्तरीय 4 सेवा पुर्यामउने व्यवस्था गरियोस्।
७. सरकारी तथा निजी क्षेत्रमा कार्यरत नर्सहरुलाई लुगा भत्ता, रात्रिकालीन भत्ता, बिदा सुविधा र जोखिम भत्ता गरी सोही अनुरुप निजी स्वास्थ्य संस्थामा पनि सोही अनुपातमा लागू गरियोस्।
८. दुर्गममा काम गर्ने नर्सहरुलाई उचित पारिश्रमिक र सुरक्षाको प्रत्याभूति गरियोस्।
९. योग्यता पुगेका 4 कर्मचारीलाई वृत्ति विकासका लागि प्रस्ट खाका तयार गरियोस्।
१०. योग्यता पुगेका अनमीलाई स्टाफ नर्स, स्टाफ नर्सलाई ब्याचलर 4, ब्याचलर 4लाई मास्टर 4 र मास्टर 4लाई पिएचडीसम्म तलबी अध्ययन बिदाको व्यवस्था गरियोस्।
११. श्रम ऐन, २०७४ सबै स्वास्थ्य क्षेत्रमा यथाशिघ्र लागू गरियोस्।