काठमाडौं– मिसेस नेपाल टुरिजम सौन्दर्य प्रतियोगिताको उपाधि डा आना आचार्यले जितेकी छिन् । काठमाडौं मेडिकल कलेज (केएमसीकी) फर्माकोलोजीकी लेक्चरर उनी वेष्ट स्किनको समेत उपाधि हासिल गरिन्। यसैगरी थर्ड रनर्सअपको उपाधि जित्ने पनि डाक्टर नै छिन् । छाउनी अस्पतालकी डाक्टर राधिका सापकोटा मस्ट ट्यालेन्ट समेत भएकी छिन्।
स्टार वन इन्टरटेनमेन्ट प्रालिले सोमबार राजधानीमा एकै मञ्चमा बिबाहित र अबिबाहित महिलाबिच दुई सौन्दर्य प्रतियोगिता गरेको हो।
उपाधि ग्रहण गर्दै डा अाचार्य
रेडियो नेपालकी कार्यक्रम प्रस्तोता सन्तु श्रेष्ठ फस्ट रनर्सअप र बेष्ट पर्फमर, कुसुन्तिकी अनिका दाहाल सेकेन्ड रनर्सअप भइन्। बेष्ट स्पिच तथा प्रतियोगितामा तिल्क्षमी भण्डारी मस्ट पपुलर र भ्यूवर्स च्वाइस, रेसु श्रेष्ठ मिसेस क्याटवाक र फेसबुक च्वाईस, बबिता थापा गजुरेल बेष्ट हेयर, मनिषा अधिकारी मस्ट फोटोजेनिक, माया बुढा बेष्ट स्माईल, स्वीटि मानन्धर बेष्ट पर्सनालिटी, अन्जलि श्रेष्ठ बेष्ट फिजिक, पबित्रा आले मगर मिसेस कन्जीनालिटी, लालमति थापा मगर मस्ट डिस्पिलिन, मोबिना घिमिरे ब्युटि विथ पर्पस, मस्ट चार्मिङ्ग प्रतिमा केसी, प्रतिमा गच्छदार बेष्ट डान्स, सिम्रन सिलवाल सोसियलि रेस्पोनसिवल, बिन्दु श्रेष्ठ मस्ट एक्टिभ, मन्जु अवाले कर्ण मस्ट आईकोनिक आईज, सिवानी साह बिष्ट बेष्ट आर्ट वर्क, जस्मिन खनाल बेष्ट फिटनेस, गिता खनाल मिसेस ब्युटिफुल, रश्मि शाक्य मस्ट क्रियटिभ, बबुना पखाली मस्ट ईन्टेलेक्चुअल, अन्जना श्रेष्ठ मस्ट डिजर्भिङ्ग, सरिता गौतम म्यानेजमेन्ट च्वाईस, चोक माया गुरुङ्ग बेष्ट सिगंर, सम्मmना श्रेष्ठ रावत मिसेस बब्लीफेस, मस्ट डायानामिक प्रतिमा श्रेष्ठ, शुसिला बुढाथोकी मस्ट फ्रेडन्ली र सबिना दुलाल लामिछाने ब्युटि विथ रेस्पोनसिबिलिटीको विजेता भएका छन्।
प्रतियोगितामा मिस नेपाल उशा खड्गी, गायक आनन्द कार्की, अभिनेता तथा निर्देशक रमेश बुढाथोकी, नायक गजित बिष्ट, समाजसेवी बसन्त कुँंवर, नेपाल आयल निगमका पूर्व निर्देशक सिताराम पोखरेल तथा शिक्षक एवं संगितकार सरोज प्याकुरेल निर्णायक रहेका थिए। अश्विनी झाको सञ्चालन र कोरियोग्राफीमा सम्पन्न कार्यक्रममा गायक आनन्द कार्की र निजन श्रेष्ठले गीत संगीत प्रस्तुत गरेका थिए भने गजित बिष्टले नृत्य प्रस्तुत गरेका थिए।