एजेन्सी - थाइल्यान्डका बासिन्दामा अहिले अनौठो सोख पलाएको छ, यौनांग (प्राइभेट अंग) गोरो बनाउने।
थाइल्यान्डको मेडिकल कस्मेटिक वा ब्युटी इन्डस्ट्रीले सीमा नाघ्न थालेको आरोप पनि लाग्न थालेको छ।
थाई पुरुषहरूको बौलट्टीपन आफ्नो यौनांग गोरो पार्ने प्रयाससँग गाँसिएको छ।
एसियालीहरूबीच छाला गोरो पार्ने वा अनुहार गोरो पार्ने प्रयास कुनै नयाँ कुरा होइन । किनभने एसियालीहरू कालोभन्दा गोरो अनुहारप्रति अत्यधिक आकर्षित हुने गरेका छन्। हालै मात्र यौनांग गोरो पार्ने सेवा दिने त्यहाँको लेलक्स अस्पतालले यसबारे अनलाइनमा जानकारी अपलोड गरेपछि भाइरल हुन धेरै समय लागेन।
थाइल्यान्डको स्वास्थ्य मन्त्रालयले यौनांग गोरो पार्ने प्रक्रिया सम्बन्धमा चेतावनी जारी गरेको छ । उसले यस्तो कार्य तत्काल रोक्न भनेको छ। यौनांग गोरो पारिरहेका एक जनाले गोरो पार्नुको कारणबारे भने, ‘म आफ्नो स्विमिङ ब्रिफ्समा आत्मविश्वासी देखिन चाहन्थेँ ।’
३० बर्से यी युवा दुई महिनाअघि मात्र यौनांग गोरो पार्ने प्रक्रियाको पहिलो चरण पूरा गरेका थिए र अहिले उनले आफ्नो यौनांग गोरो भएको अनुभव गरिरहेका छन् । यो उपचारमा छालाबाट मेलानिनको मात्रा कम गरिन्छ ।
यौनांग गोरो बनाउने अस्पतालले सामाजिक सञ्जाल फेसबुकमा हालेको पोस्ट २ दिनमा १९ हजारपल्ट सेयर गरिएको थियो । पोस्टमा उपचार गरिने कक्षको तस्बिरसँगै उपचार प्रक्रियाअघि र पछि पालन गर्नुपर्ने सुझाव पनि छन् ।
यौनांग गोरो पार्ने विषयमा मानिसहरूले अनेकौं खालका प्रतिक्रिया व्यक्त गरिरहेका छन् ।
केहीले यसको आवश्यकतामाथि प्रश्न उठाएका छन् भने केहीले ठट्यौला सुझाव दिएका छन् । उनीहरूमध्ये एक जनाले उल्लेख गरेका छन्, ‘चम्काऊ, चम्काऊ ! यसलाई टर्चलाइटका रूपमा प्रयोग गर्न सकिन्छ।’
एक जना महिलाले आश्चर्य व्यक्त गरेकी छन्– मैले पुरुष यौनांगको रंग कहिल्यै पनि ख्याल नगरेको बरु साइज र मुवमा केन्द्रित भएकी छु।
यौनांग गोरो बनाउने लेलक्स अस्पतालका मार्केटिङ म्यानेजर पोपोल तन्साकुलका अनुसार अस्पतालले चार महिनाअघि महिलाको यौनांग गोरो पार्ने सेवा सुरु गरेको थियो ।
उनले भने, ‘त्यसैबेलादेखि पुरुष यौनांग गोरो पार्ने सेवाबारे मानिसहरूले सोधपुछ गर्न थालेका थिए । त्यसैले एक महिनापछि नै हामीले पुरुषका लागि पनि सेवा थाल्यौं ।’
पाँच चरणमा गरिने पूरा उपचार प्रक्रियाको लागत ६ सय ५० अमेरिकी डलर (करिब ७१ हजार ५ सय रुपैयाँ) लाग्छ ।
लेलक्स अस्पतालमा यौनांग गोरो बनाउन हरेक महिना औसत २० देखि ३० जना पुरुष/महिला आइरहेका छन् ।
कतिपय त म्यानमार, क्याम्बोडिया र हङकङबाट यौनांग गोरो पार्न थाइल्यान्ड गइरहेका छन् ।
पोपोलले भने, ‘यो गेबीच निकै लोकप्रिय छ । किनभने उनीहरू आफ्नो यौनांगको विशेष हेरचाह गर्छन् । उनीहरू सबै क्षेत्रमा अगाडि रहन चाहन्छन् ।’
थाइल्यान्डको स्वास्थ्य मन्त्रालयले अस्पतालको यौनांग गोरो पार्ने सेवालाई चर्चामा आउने ‘फन्डा’मात्र भएको आरोप लगाएको छ ।
मन्त्रालयले यो प्रक्रियाबाट पीडा, दाग, दुख्ने/पोल्ने, सन्तान उत्पादन क्षमता र यहाँसम्म कि यौन सम्पर्क गर्न समेत कठिनाइ हुन सक्ने चेतावनी दिएको छ ।
यसबाहेक पनि मन्त्रालयले यसका फेरि यौनांगको रंग पहिलेकैजस्तो हुन सक्ने र नराम्रा दाग बस्न सक्ने जस्ता साइड इफेक्ट हुने पनि चेतावनी दिएको छ ।
मन्त्रालयका अधिकारी डाक्टर थोङजाई कीतिहाटकर्नले पुरुष यौनांग लेजरले गोरो पार्न आवश्यक नभएको बताए । उनका अनुसार यसबाट बेफ्वाँकमा रकम खर्च हुने र सकारात्मकभन्दा नकारात्मक कुरा नै बढी हुने सम्भावना रहन्छ ।
१० वर्षयता दक्षिण एसियामा गोरो हुने प्रचलन सुरु भएको छ । लेलक्स अस्पतालले आफ्नोमा उपचार गराउन आउनेमध्ये आधा गोरो हुन चाहने भएको बताएको छ ।
यस्तो हुनुको कारण भने पारम्परिक दृष्टिकोण हो, जसमा गोरो रंगलाई प्राथमिकता दिइन्छ ।
थाइल्यान्डका बजारमा गोरो पार्ने उत्पादनको बाढी नै आएको छ । विगतमा यस्ता उत्पादनका 23को कडा विरोध गरिएको थियो ।