काठमाडौं– अभिनेत्री मनिषा कोइरालाले अँग्रेजी नयाँ वर्षमा स्वस्थ रहने योजना बनाउन आग्रह गरेकी छिन् । नयाँ वर्षको संकल्प नै स्वस्थ 18 बनाउन उनले सुझाएकी छिन् ।
जीवन दौड नभएर यात्रा भएको भन्दै स्वास्थ्यमा सचेत रहन उनले अपिल गरेकी हुन् । पाठेघर क्यान्सरलाई जितेकी अभिनेत्री कोइराला पछिल्लो समय स्वास्थ्य सचेतनामा आफूलाई समर्पित गरिरहेकी छिन् ।
स्वास्थ्यका विभिन्न कार्यक्रममा पुगेर अनुभव सुनाउने तथा सुझाव दिने गर्नुका साथै सामाजिक सञ्जालमार्फत् आफ्ना धारणा पस्किरहेकी हुन्छिन् ।