नयाँदिल्ली- भारतमा बालबालिकामा आँखामा हुने ‘ट्रकोमा’ रोगको निःशुल्क उपचार गर्ने घोषणा गरिएको छ।
भारतका स्वास्थ्य मन्त्री जगत प्रकाश नाडाले ट्रकोमा सम्वन्धी राष्ट्रिय सर्वेक्षण सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन्।
उनले शुक्रबार नयाँदिल्लीमा बोल्दै ट्रकोमाको क्षेत्रमा ऐतिहासिक उपलब्धी भएको पनि बताए।
स्वास्थ्य मन्त्री नाडाले सवै जिल्लामा ट्रकोमाको रोगबाट प्रभावितहरुको संख्यामा उल्लेख्य सुधार आएको पनि बताए।
‘11 संगठनको परिभाषा अनुसार अहिले भारतमा ट्रकोमाको क्षेत्रमा धेरै सुधार भएको छ, निकै कम मात्रै ट्रकोमाका विरामीहरु देखिन थालेका छन्,’ उनले भने।
उनले ट्रकोमा रोगबाट प्रभावित हुनेहरुको संख्या अझै कम गर्न आखाँमा राख्ने औषधीको उपलब्धता, व्यक्तिगत सरसफाई, सफा पानीको प्रयोग र वातावरणीय सरसफाईमा सुधार लगायत तर्फ बढी ध्यान दिनु पर्ने बताए।
झण्डै नौ बर्ष सम्मका बालबालिकामा ट्रकोमा रोगको समस्या प्राय देखिने गरेको पाईन्छ । रासस