एजेन्सी– साउदी अरबले योगलाई मान्यता दिएको छ। साउदी अरबको उद्योग तथा वाणिज्य मन्त्रालयलाई योगालाई खेल गतिविधि अन्तर्गत मान्यता प्रदान गरेको हो। योग कक्षा सञ्चालनका लागि इच्छुक व्यक्तिले अब अनुमति पत्र लिएर कक्षा सञ्चालन गर्न सक्नेछन्।
योग शिक्षक नोफ मर्बीको पहलमा योगाले मान्यता पाएको हो। महिलाको लागि बास्केटबल खेल्न अनुमति दिएको राजकीय परिषदकी सदस्य रहेकी राजकुमारी रिमा विन्द अलसुदलाई सन् २००५ देखि मान्यता दिन आग्रह गरेकी थिइन्। साउदी अरबको नेतृत्व सलमान बिन अब्दुलाजीजले सम्हालेपछि धेरै परिवर्तन हुँदै एको छ। भिजन २०३० सार्वजनिक गरेका उनले युवाहरुमा लगानी गर्ने र उनीहरुको विकासका लागि आवश्यक कुरा परिमार्जन गर्दै लाने घोषणा गरेका छन्।
कट्टर मुस्लिम मुलुकमा महिलाहरुलाई योग बर्जित छ। योग गरेको सूचना पाए उनीहरु अतिवादीको आक्रमणमा समेत पर्ने गरेका छन्। यस्तो अवस्थामा साउदी अरेबियाले भने जनता र देश स्वस्थ राख्नका लागि योगलाई मान्यता दिएको बताएको छ।