काबुल- अफगानिस्तानको स्वास्थ्य मन्त्रालयले वर्षेनी १९ हजार ७ सय जनाको मृत्यु मधुमेह रोगका कारण हुनेगरेको बुधबार जनाएको छ।
सन् २०१२ मा अन्तर्राष्ट्रिय मधुमेह महासंघले पत्ता लगाएको तथ्यांकमा अफगानिस्तानमा मात्रै मधुमेहका कारण १९ हजार ७७३ जनाको मृत्यु भएको देखाइएको छ, मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ।
मन्त्रालयले ८ लाख ४९ हजार जनालाई मधुमेह रोग लागेको पाइएको पनि जनाएको छ । मधुमेहका रोगी बढ्नुको कारण पत्ता लगाउने प्रयास भइरहेको मन्त्रालयको भनाई छ।
नसर्ने रोगबाट मृत्यु हुनेहरूको संख्या धेरै भएकाले त्यसबारेमा आम नागरिकमा सचेतना अभिवृद्धि गर्नु अत्यावश्यक रहेको मन्त्रालयका अधिकारीहरूले बताएका छन्।
अन्तर्राष्ट्रिय मधुमेह महासंघ र 11 संगठनको पहलमा हरेक वर्षको नोभेम्बर १४ तारिखका दिन संसारभरी विश्व मधुमेह दिवस मनाउने गरिएको छ। रासस