एजेन्सी– डा मंगलागिरी चन्द्रमौली भारतको नालगोन्डाकी हुन् । आँखाकी सर्जन चन्द्रमौलीको एउटा पेन्टिङ अहिले विश्वकै आँखा तानिरहेको छ । चिकित्सा पढ्दादेखि नै पेन्टिङतर्फक आकर्षित उनले यसबाट धेरै पुरस्कार जितिसकेकी छिन् । एमबिबिएस गर्दै गर्दा सूर्यकुमारी गोल्ड मेडल जितेकी उनले आफ्ना पेन्टिङ महिलाका विषयमा केन्द्रीत गरेकी छिन् । भारतमा महिलामाथि बढ्दो यौन हिंसालाई लिएर उनले धेरै पेन्टिङ बनाएकी छिन् । त्यसमध्यको यो पेन्टिङ सबैभन्दा शक्तिशाली मानिन्छ । जसले एउटा पुरुषलाई बच्चामा स्तनपान गराउँदा प्राप्त सुखानुभूति र युवाअवस्थामा उसले नारीमाथि गरेको यौनहिंसाले महिलालार्इ दिने दर्द एकसाथ पस्केको छ ।