काबुल– अफगानिस्तानको स्वास्थ्य मन्त्रालयले वर्षेनी १९ हजार ७ सय जनाको मृत्यु मधुमेह रोगका कारण हुनेगरेको बुधबार जनाएको छ ।
सन् २०१२ मा अन्तर्राष्ट्रिय मधुमेह महासंघले पत्ता लगाएको तथ्यांकमा अफगानिस्तानमा मात्रै मधुमेहका कारण १९ हजार ७७३ जनाको मृत्यु भएको देखाइएको छ, मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।
मन्त्रालयले ८ लाख ४९ हजार जनालाई मधुमेह रोग लागेको पाइएको पनि जनाएको छ । मधुमेहका रोगी बढ्नुको कारण पत्ता लगाउने प्रयास भइरहेको मन्त्रालयको भनाई छ ।
नसर्ने रोगबाट मृत्यु हुनेहरूको संख्या धेरै भएकाले त्यसबारेमा आम नागरिकमा सचेतना अभिवृद्धि गर्नु अत्यावश्यक रहेको मन्त्रालयका अधिकारीहरूले बताएका छन् ।
अन्तर्राष्ट्रिय मधुमेह महासंघ र 11 संगठनको पहलमा हरेक वर्षको नोभेम्बर १४ तारिखका दिन संसारभरी विश्व मधुमेह दिवस मनाउने गरिएको छ । रासस÷सिन्ह्वा