काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईं थप पाँच दिन प्रहरी हिरासतमा रहनेछन्। दुर्गा प्रसाईंलाई अनुसन्धानका लागि थप ५ दिन म्याद थप्न अदालतले अनुमति दिएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीमाथि गम्भीर आरोप लगाएपछि प्रसाईंलाई प्रहरीले केही दिनअघि पक्राउ गरेको थियो।
मेडिकल व्यवसायी प्रसाईंले कम्बोडियाको टेलिकममा प्रधानमन्त्री ओलीको साढे ३२ अर्ब लगानी रहेको आरोप लगाउँदै कागजपत्रहरु सार्वजनिक गरेका थिए। उनले सार्वजनिक गरेको कागजपत्र किर्ते रहेको प्रहरीको प्रारम्भिक निष्कर्ष रहेको छ।