काठमाडौं- नेपाल मेडिकल काउन्सिलको चिकित्सक नाम दर्ता (लाइसेन्स) परीक्षा तोकिएकै मितिमा हुने भएको छ। काउन्सिलले तोकेको असोज १३ गते देखि १५ गतेसम्म उक्त परीक्षा हुने रजिष्ट्रा डा सतिस कुमार देवले जनाएका छन्।
देशमा आइरहेको बाढी पहिरोका कारण धेरै पूर्वनिर्धारित कार्यक्रम र परीक्षा स्थगित भइरहेका छन्। यही विषयमा सृजना भएको अन्योलताका विषयमा सूचना जारी गर्दै यस्तो बताइएको हो।
प्राकृतिक विपदका कारण परीक्षामा संलग्न हुन नपाउनेहरुका लागि वैकल्पिक व्यवस्था गरिने बताइएको छ।
भनिएको छ, '७० औं चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा पूर्व निर्धारित सूचना अनुसार नै हुने व्यहोरा समेत सबैलाई जानकारी गराइन्छ। प्राकृतिक विपद्का कारण उक्त परिक्षामा संलग्न हुन नसकेका परीक्षार्थीहरुको हकमा यथाशिघ्र बैकल्पिक व्यवस्था गरिने समेत व्यहोरा जानकारी गराइन्छ।'