काठमाडौं- कथाकार परशु प्रधानको निधन भएको छ । उनको ८० वर्षको उमेरमा गएराति काठमाडौं बानेश्वरस्थित आफ्नै निवासमा निधन भएको हो । निधन भएका प्रधानको अहिले बिहान ९ बजे पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिने परिवारले उल्लेख गरेको छ ।
२००० सालमा भोजपुरमा जन्मिएका प्रधानले २०१६ सालमा ‘जीवन पथ’ कविता लेखेर साहित्ययात्रा थालेका थिए। २०२५ मा सबै बिर्सिएका अनुहारहरु प्रकाशित थियो भने १३ वटा कथा संग्रह प्रकाशित भएका छन् ।
उनका 'सीताहरु' र 'घर' कथोपन्यास छन् भने करिब एक दर्जन बाल कथाहरु पनि प्रकाशित छन् ।