काठमाडौं- नेशनल बोर्ड अफ मेडिकल एक्जामाइनर (युएसएमएलई)का विषयमा अमेरिकी अदालतले पूर्णपाठ सार्वजनिक गरेको छ। युनाइटेड स्टेट्स डिस्ट्रिक्ट कोर्ट फर द डिस्ट्रिक्ट अफ कोलम्बियाले बेवसाइटमार्फत् पूर्णपाठ सार्वजनिक गरेको हो।
न्यायाधीश क्रिस्टोफर कुपरले निर्णयको पूर्णपाठ सार्वजनिक गर्दै नेपाली भएकै कारण विभेदयुक्त निर्णय गरिएको नपाइएको बताएका छन्। युएसएमएलईद्वारा नतिजा रद्द गर्ने निर्णय कार्यान्वयनमा रोक लगाउन नेपाली चिकित्सकले मुद्दा दायर गरेका थिए।
दुवै पक्षको दाबीपछि कार्यान्वयननमा रोक लगाउन आदेश दिनुपर्ने पर्याप्त प्रमाण नेपाली चिकित्सकका तर्फबाट प्राप्त नभएको अदालतले भनाइ छ। अदालतले भनेको छ, 'युएसएमएलईले नेपालीहरू चिकित्सक विरुद्ध भेदभावपूर्ण व्यवहार गरेको नभइ परीक्षाको मर्यादाबाहिरका क्रियाक्लाप भएको विश्वसनीय प्रमाणका कारण कारबाही गरेको देखिएको छ।'
समानता र सार्वजनिक हितका कारणले अयोग्य (सम्भावित) चिकित्सकलाई उपचार र उच्च शिक्षामा संलग्न हुन दिने अनुमति दिन नसकिने अदालतको तर्क छ।
व्यक्तिगत रुपमा मुद्दा दायर भएपनि एक समूहको प्रतिनिधित्व हुनेगरी मान्यता दिन गरिएको अनुरोध समेत अदालतले अस्वीकार गरिदिएको छ। आफूलाई अन्याय भएको महशुस गर्ने अन्यले मुद्दा दायर गर्न सक्ने भन्दै उक्त माग अस्वीकार गरिएको बताइएको छ। यसैगरी नतिजा रद्द भएकाहरुलाई जवाफ दिन समय बढाइदिन अदालतसमक्ष गरिएको अनुरोध पनि अस्वीकार भएको छ।
पूर्णपाठ पढ्न यहाँ क्लिक गर्नुहोस्