काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले स्वास्थ्य मन्त्री मोहन बस्नेतलाई वर्खास्त गर्नुपर्ने माग दोहोर्यामएको छ। संसदको आकस्मिक समयमा बोल्दै प्रमुख सचेतक तथा पूर्वस्वास्थ्य मन्त्री पदम गिरीले उक्त माग गरेका हुन्।
उनले भने, 'अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गरिरहेको अवस्थामा स्वास्थ्यमन्त्रीले तत्काली राजिनामा दिनुपर्ने हो। अख्तियारको निगरानीमा रहेको व्यक्तिले स्वनैतिकताका आधारमा बस्न मिल्दैन। हामीले वर्खास्तीको माग उठाएको धेरै भयो तर सरकारले सुनेको छैन।'
उनले यसैगरी रामग्रामलाई निजी कम्पनीलाई दिने मन्त्री सुदन किराँती र बालकुमारी घटनाको दोषी मन्त्रीलाई वर्खास्त गर्नुपर्ने उनको भनाइ छ।
मुलुकमा सुशासनका निम्ति आफूले निरन्तर आवाज उठाएपनि सुनुवाइ नभएको बताए। उनले थपे, 'हामीद्ये कुरा राखेपनि सरकार सुन्न तयार छैन । यति महत्वपूर्ण विषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्थ्यो। उहाँ छलेर हिँड्नुभएको छ चिन्ताको विषय हो।'
सभामुख देवराज घिमिरेले आफूले ६ गतेदेखि नै यस विषयमा रुलिङ गरिरहेको बताए।