मनिराज पाण्डे,कालिकोट- प्रदेश अस्पताल सुर्खेतमा सेरो पोजेटिभ भएका मिर्गौलाका बिरामीहरुका लागि डायलाइसिस सेवा सुरु भएको छ।
प्रदेश अस्पतालको १८ औं स्थापना दिवसको अबसरमा निर्देशक प्राडा डम्बर खड्काले सेरो पोजेटिभ भएका मिर्गाैला बिरामीहरुको लागि डायलाइसिस सेवा संचालनमा ल्याइएको बताए।
प्रा.डा. खड्काले धोषणा गरेको ५ दिनमै डायलाइसिस सेवा संचालनमा आएको छ। प्रा.डा. खड्काका अनुसार नेपालमा शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र बाहेक अन्य ठाउँमा यो सेवा उपलब्ध छैन।
सेरो पोजेटिभ मृगौलाका बिरामीहरुको लागि डायलाइसिस सेवा सबै ठाउँमा गर्न मिल्दैन। यो सेवा दिन चाहने अस्पतालले स्वास्थ्य सेवा विभागबाट स्वीकृत लिई संचालन पर्छ। डायलाइसिस सेवा संचालन गर्दा जनशक्ति र भवन समेत छुट्टै चाहिन्छ। कर्णाली प्रदेश अस्पतालले सबै प्रक्रिया पु¥याएर संचालनमा ल्याइएको अस्पतालका निर्देशक खड्काले बताए।
हेमोडायलाइसिस सेवा ७ वर्ष अघिदेखि संचालनमा छ। सेरो पोजेटिभ भएका मिर्गाैला बिरामीहरुले डायलाइसिस गर्न महंगो रकम खर्च गरेर काठमाडौंमै जानुपर्ने बाध्यताको अन्त्य भएको छ। प्रदेश अस्पतालले आफ्नो १८ औं स्थापना दिवसमा डायलाइसिस सेवा संचालनमा ल्याउने घोषणा गरेको थियो।
सेरो पोजेटिभ मिर्गौलाका बिरामीहरुको लागि डाइलासिस सेवा संचालनमा ल्याउने नेपालको यो पहिलो प्रादेशिक अस्पताल हो।
के हो? सेरो पोजेटिभ डायलाइसिस सेवा
डायलाइसिस सेवा भनेको रगतका माध्यमबाट सर्ने जुनसुकै रोगलाई सेरो पोजेटिभ भनिन्छ। जस्तै हेपाटाइटिस ए वा सी पोजेटिभ भएका बिरामी, एचआइभी पोजेटिभ भएका बिरामीहरुमा मिर्गौलामा समस्या आइ उनीहरुलाई डाइलासिस गर्नु पर्ने भयो भने उनिहरुलाई सेरो पोजेटिभ भनिन्छ।
यो रगतका माध्यमबाट सर्ने रोग रोग हो। यसको लागि तालिम प्राप्त जनशक्ति चाहिने हुन्छ। प्रदेश अस्पतालले डायलाइसिस सेवा सुरु गर्नु पूर्व शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रसँग सहकार्य स्वास्थ्यकर्मीहरुलाई उपयुक्त तालिम प्रदान गरेको थियो।